लुम्बिनी

जनगुनासोसँग साक्षात्कार गर्दै सभामुख घर्ती

रुकुमपूर्व । प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्ती एक सातादेखि गृहजिल्ला रुकुम (पूर्व) मा व्यस्त छन् । सरकारको कामबाट जनता कति सन्तुष्ट छन् भनेर जिल्लाका विभिन्न ठाउँमा पुगेर जनगुनासो सुन्दै र समाधानको बाटो खोज्ने कार्यमा छलफल गर्दै छन् ।

समृद्ध प्रदेश निर्माणका लागि प्रदेश नं ५ सरकारले विभिन्न काम गर्दै आएको बताउँदै उनले गाउँबाट केन्द्रसम्मका सत्तापक्ष र प्रतिपक्ष दुवै मिलेर जानुपर्ने बताए ।

सभामुख घर्तीले भने, “दुवै पक्ष मिलेर गए मात्र सङ्घीतालाई सफल पार्न सकिन्छ”, प्रदेश नं ५ को एक मात्र हिमाली र भौगोलिक हिसाबले विकट जिल्ला रुुकम (पूर्व) मा विकासका ढोका खुलिरहेको बताउँदै जनताका गुनासालाई स्थानीय, प्रदेश हुँदै सङ्घ सरकारले पूरा गर्दै जाने बताए । हिमाली तथा पहाडी इलाका रहेको जिल्ला रुुकम (पूर्व) मा प्रदेश सरकारले विशेषगरी कृषि, पर्यटन, पशुपालन, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा बढी जोड दिएको पनि उनले जानकारी दिए ।