राजनीति

गिरिजा प्रसादको ९६ औं जन्मजयन्तीः निडर र कमाण्डिङ भएका मुलुकका एकमात्र नेता

बाबुराम आचार्य /काठमाण्डौ । राणा, राजा र गणतन्त्र राम्रोसँग अनुभब गरेका तत्कालील नेपाली काँग्रेसका शक्तीसाली सभापति एबम् चार पटक (२०४८ जेठ १२ देखि २०५१ मंसिर १४, २०५५ वैशाख २ देखि २०५६ जेठ १७, २०५६ चैत्र ९ देखि २०५८ साउन ११ र २०६५ जेठ १५ देखि २०६५ भदौ २) नेपालको प्रधानमन्त्री बनेका स्व. गिरिजा प्रसाद कोईरालाको आज ९६ औं जन्मजयन्ती रहेको छ । आज परेको जन्मजयन्तीको अवशरमा नेपाली काँग्रेसले ७७ वटै जिल्लामा जन्मजयन्ती मनाउने कार्यक्रम रहेको नेपाली काँग्रेसका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

१९८१ साल असार १८ गते भारतको बिहारमा जन्मिएका स्व. कोईराला ०४७ सालदेखी ०६४ सालसम्म नोपली काँग्रेसकोमात्र नभएर मुलुककै शक्तीसाली नेता कहलिन सफल भएका थिए ।

२०६६ साल चैत्र ७ गते स्व कोईरालाको निधन काठमाण्डौस्थीत छोरी सुजाता कोईरालाको निवास मण्डिखाटारमा भएको थियो ।

०६२/६३ को नेपालको दोस्रो जनआन्दोलनपश्चात राजा ज्ञानेन्द्रलाइ सत्ताच्यूत गर्दाबखत प्रधानमन्त्रीमात्र नभएर कार्यवाहक राष्ट्रप्रमुख समेत बन्न सफल देखिएका स्व कोईरालाको नेपाली राजनीतिमा अभाब रहेको चर्चा आईरहने गरेको छ । ०६० सालमा गरिएको तत्कालीन भूमिगत माओबादीसँगको १२ बुंदे सम्झौतापछि शक्ती बढाउन सफल भएका स्व. कोईराला एकमात्र भाग्यमानी नेपाली राजनीतित्र थिए जसलाई भारत भ्रमणमा गएका बेला त्यहाँका प्रधानमन्त्री मनमोहन सिँह ईन्दीरा गान्धी बिमानस्थलमा स्वागतका लागि आएका थिए ।

नेपाली लोकतन्त्रको ईतिहासमा लोकतन्त्रको पीता ठानिने नेपाली काँग्रेसभित्र स्व कोईराला हुउन्जेल उनले नै सोचेअनुसार काँग्रेस, देश र देशको राजनीति चल्ने राजनीतिक माहौल बनाउन सफल थिए । पुर्व कार्यबाहक राष्ट्रप्रमुख स्व कोईराला सुनसरी र मोरङ दुई जिल्लाका एक एक निर्बाचन क्षेत्रबाट निर्बाचन लड्थे र सधैं बिजयी हुन्थे। प्हिलो संबिधानसभा निर्बाचनमा भने माओबाद्यीसंगको शान्ती प्रकृयालाई गति दिनका लागि मनोनयन गरेनन् ।

काँग्रेसभित्र भएको गुटबन्दीका कारण कतिपय काँग्रेस नेताहरुले नै स्व. गिरिजाबाबुलाई गाली गर्दै हिँडेका समाचारहरु आईरहेपनि नेकपाका नेताहरु एबम् पुर्व प्रधानमन्त्री पुष्पकमल दहाल, माधव कुमार नेपाल लगायतका अर्को पार्टीका नेताहरुले स्व कोईरालाको नाम सार्बजनिक स्थलमा लिएका समाचार पढ्न पाईन्छ । पार्टी टुक्रिएर नेपाली काँग्रेस प्रजातान्त्रीक बनेपनि पछि स्व. कोईरालाको आफ्नै पहलमा नेपाली काँग्रेसमा समाहित गराए ।

काँग्रेसले मनाउन लागेको ७७ वटै जिल्लाको जन्मजयन्तीमा भातृसंस्थाहरु नेपाल तरुण दल, नेविसंघ, महिला संघ, मुस्लिम संघ, किशान संघ, टे«ड यूनियन काँग्रेस, ठाकुर समाज लगायउतका भातृसंस्थाहरु तथा बिदेशस्थीत जनसम्पर्कसमितिहरु, जिपी कोईराला फाउण्डेसनको केन्द्रीय कार्यालय, गठन भएजति जिल्ला कार्यालयहरु, विदेशस्थीत फाउण्डेशनका कार्यालयहरुले पार्टीलेआयोजना गर्ने कार्यक्रममा भाग लिन तथा सम्भब भए आफैं कार्यक्रम गर्न निर्देशन दिने तथा सहभागीता जनाउने निर्णय गरेका काँग्रेसले बताएको छ ।

बिराटनगरको मजदुर आन्दोलन होस वा ०६२ ६३ को जनआन्दोलनताका रत्नपार्कमा प्रहरीको लाठी खाँदा होस स्व कोइरालाका तीता अनुभबका कारण अहिलेको राजनीतिक परिवर्तन सम्भब भएको राजनीतिक बिश्लेषण गर्दा फरक नपर्ला । स्व कोईराला महामानब बीपी कोइरालाका कान्छा भाई हुन् भने उनीकी एकमात्र सुपुत्री र्सूजाता कोईराला काँग्रेसको केन्द्रीय सदस्य छिन् ।

स्व. कोईरालाका भतिजहरु डा. शसाँक कोईराला र डा शेखर कोईराला क्रमशः महामन्त्ती र प्रभाबशाली केन्दीय सदस्य छन् । कोईराला परिवारका सदस्यलाई काँग्रेसको भाबी सभापति बनाउन समेत नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुको एक हुल तर्क बितर्क गर्ने गरेका समाचारहरु पनि पढ्न पाईन्छ । यानिकी सदस्यहरु कोईराला परिवार भन्दा पनि पार्टी र देश हाँकन सक्ने हिशावले काँग्रेस नेतृत्व हाँकन पाउनुपर्ने विचार ब्यक्त गरिरहेका छन् । मुलुकमा आआफ्नै स्वभाब भएका नेताहरु जन्मिए, कसैलाई कुन रुपबाट राम्रो मानियो त कसैलाई कुनै रुपबाट तर गिरिजा प्रसाद बोल्ड र कमाण्डिङ भएका नेपाली राजनीतिका एकमात्र नेता थिए । जसले जे बोल्यो त्यो गरेरै छाड्थे ।

राजा ज्ञानेन्द्रलाई संसद पुनःस्थापनाको माग गरेर आन्दोलनमा होमिएका कोईरालाले राजालाई आफ्नो बाटोमा हिँडाउन बाध्य बनाएका थिए । यो उनको बोल्ड निर्णयको दृष्टान्तमात्र हो । उनलाई नजिकबाट चिन्नेहरुले यस्तै विश्लेशण गर्ने गरेका छन् ।