राजनीति

अध्यक्षको निर्देशनःगिरिजाबाबुको ९६ औं जन्मजयन्ती ७७ वटै जिल्लाले भब्य रुपमा मनाउनुस्

काठमाण्डौ । नेपाल तरुण दलले बुधबार नेपाली काँग्रेसका पुर्व सभापति एबम् पुर्व प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोईरालाको ९६ औं जन्मदिनका अवशरमा नेपाली काँग्रेसले आयोजना गर्ने ७७ वटै जिल्ला र स्थानीय तहका कार्यक्रममा उत्शाहजनक सहभागीता जनाउन निर्देशन दिएको छ ।

माओबादीलाई जनयुद्धबाट शान्ती प्रकृयामा ल्याउन महत्वपूर्ण भूमिका खेल्नुभएक स्व. कोईरालाको जन्मजयन्ती पार्टी केन्द्रीय कार्यालय र ७७ वटै जिल्लाले मनाउने निर्णय गरेको हुंदा काँग्रेसको शसक्त युवा भातृसंस्था तरुण दलले समेत पार्टीको कार्यक्रममा सहभागी जनाई कार्यक्रमलाइ सफल बनाउन योगदान गर्नुपर्ने तरुण दलको तर्क छ ।

नेपाली काँग्रेसका सभापति रहेका स्व कोईराला राजा ज्ञानेन्द्र दरबारबाट बाहिरिनेबेला कार्यबाहक राष्ट्रप्रमुख समेत बनेका थिए । स्पष्ट अडान र कुटनीतिक रुपमा बलियो देखिने कोईरालाको बर्तमान नेपाली राजनीतिमा खड्को रहेको राजनीतिक बृतमा बिश्लेशकहरुले बताउने गरेका छन् ।

जन्मजयन्ती मनाउने बिषयमा तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले एक विज्ञप्ती जारी गर्दै भनेका छन्ः