सुदूरपश्चिम

सर्पले कानमा टोक्दा १९ वर्षीय युवकको निधन

बझाङ् । बझाङ् जिल्लाको मष्टा गाउँपालिकाका १९ वर्षीया पवन रोकायाको मंगलबार सर्पले डसेर मृत्यु भएको छ । अरुण होटेलमा सुतिरहेको अवस्थामा सर्पले कानमा टोक्दा घाइते उनको उपचारका क्रममा मृत्यु भएको हो ।

उनलाई उपचारको लागि तत्काल राती नै जिल्ला अस्पताल लगिएको थियो । उनको मंगलबार विहानै उपचार गर्दा गर्दै अस्पतालमै निधन भएको प्रहरीले जनाएको छ ।