समाचार

३३ किलो सुनकाण्डमा न्यायधीश सिँह बर्खास्त, सरकारसंग किन अड्कियो फायल !

काठमाण्डौ । चर्चित ३३ किलो सुनकाण्ड प्रकरणमा न्यायपरिषदले उच्च अदालत बिराटनगरका न्यायधीश उमेश कुमार सिंहलाई बर्खास्त गरेको छ । प्रवक्ता मानबहादुर कार्कीका अनुसार परिषदको सोमबार बसेको बैठकले न्यायधीश सिंहलाई बर्खास्त गरेको हो ।

न्यायधीश साधुरामा साप्कोटा र थीरबहादुर कार्कीलाई दुईबर्ष बढुवा रोक्का गर्ने निर्ण समेत गरिएको छ । चोलेन्द्र शम्शेर राणा प्रधानन्यायधीश बनेपछि सुन काण्ड लगायतका न्यायसम्बन्धी मुद्धाहरु गहिरिएर अध्ययन गर्दै आवश्यक परे निरिक्षण समेत गर्ने गरेका छन् ।

सुनकाण्डमा चुडामडी उप्रेती ‘गोरे’, प्रहरीका उच्च अधिकारीहरु लगायतलाई अभियोग लगाएपनि उक्त मुद्धाको अन्तिम फैसला हुन सकेको छैन । सुनकाण्डका अभियुक्रलाई जिल्ला अदालत मोरङले धरौटी माग्ने र थुनामा राख्न आदेश दिएपनि सोमबारमात्र कारबाहीमा परेका न्यायधीशहरुले तारेखमा छाड्ने आदेश दिएपछि सुनकाण्डको बिबाद झन लम्बिएको थियो ।

पछिल्लो समयमा ३८ सय कुईन्टल सुन त्रिभूवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट भित्रिएको कुररा बाहिर आएपनि सुनकाण्डको फायल अगाडी बढ्न सकेको छैन । फायल नेपाल प्रहरीको केन्द्रीय अनुसंधान ब्यूरो लगायतले अनुसंधान गरेपनि अन्तिममा प्रधानमन्त्री कार्यालयमा अड्किएको समाचार आएपछि अगाडी बढेको देखिदैन ।