समाचार

महँगो राजधानी, विद्यार्थि, मजदुर र कोठाभाडा

काठमाण्डौ । मुलुकको केन्द्रीय राजधानी अनि राजधानीमा वस्ने रहर ! सायद नहुने मान्छे कमै छन् होलान् ७५३ वटै स्थानीय तहका मानिसलाई । अपबादबाहेक जो कोहि पनि चाहन्छ कि राजधानी अर्थात काठमाडौँ वस्न । स्तरीय स्वस्थ्य र शिक्षाको पहुँचमात्र नभएर यातायत र मनोरञ्जनका लागि पर्याप्त ठाँउ भएका कारणमात्र नभएर काठमाडौंमा जागीर गर्ने र यतै स्थापीत हुने सवैको सपना हुन स्वभाबिकै हो ।

७७ जिल्लामध्ये सबैभन्दा बढी जनताको वसोवास भएको काठमाडौं उपत्यका र यहाँको महँगी पनि यस्तै छ । यति हुँदा हुँदै पनि काठमाडौंको वसाई कसैकालागि रहरको विषय हो भने कतिको बाधयता पनि हो । हरेक व्यक्ति कुनैपनि शिक्षा देखि लिएर हरेक कुरा गुणस्तरिय लिन चाहन्छ । हरेक आमा–बुवा आफ्ना सन्तानलाई राम्रो शिक्षा–दिक्षा दिन चाहन्छन् । यसकालागि सबैको नजरमा काठमाडौं जस्तो राम्रो शिक्षा नेपालमा कुनै ठाउँमाछैन । सात प्रदेशका आफ्नै राजधानी छन् यसका सबै प्रदेशको राजधानी काठमाण्डौ राजधानी हो । अन्य स्थानमा भन्दा राजधानीमा राम्रो शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरुपनि बढी र गुणस्तरीय छन् ।

सरकारलाई सुझाव सरकारले हरेक क्षेत्रमा दिन– प्रतिदिन भैरहेको घरभाडा देखि विभिन्न महँगी नियन्त्रण गर्नका लागि विभिन्न नीति–नियम बनाउन जरुरी छ । कति साइजको कुन कोठाको, कुन स्थानमा कति सम्म भाडा लिन पाईने भन्ने पनि कानून तुरुन्त बनाउन जरुरी छ । घरधनीले चाहेको बेलामा निकाल्न पाउने वा नपाउने भन्ने पनि नियम बनाउन जरुरी छ ।

तर हरेक बालबालिकाका अभिभावकले यो सोच्दैनन् कि काठमाडौंको वसाई भन्नुमा र देख्नमा आकाश पातालको अन्तर छ । मान्छे भन्छन् काठमाडौं धेरै जनसङख्या भएको ठाउँ रोजगारी प्रसस्त पाईन्छ रे । तर बास्तवीक कुरो अरु नै छ पहिलो कुरा जागीर पाउन गाह्रो पर्यो भनेपनि काठमाडौंको वसाई हरेक वस्तु महंगो छ । खान लाउनमै सिमीत हुने । अझ प्राईभेट जागिर गरेर काठमाण्डौमा महंगो भाडा तिरेर बस्नु त कता हो कता गाह्रो, सबैलाई थाहा भएकै कुरा हो ।

सबैभन्दा गाह्रो कुरा जो हामी सबैले सामना गरेका छौं कोठाभाडा । हो कोठाभाडा पाउनु भनेको हाम्रालागि अति नै खुसिको कुरा जस्तो लाग्छ । कोठमाभाडा को दर पनि यति महंगो छ कि जागीर गरेको महिनाको आधा पैसा भाडा तिर्नमै ठिक्क हुन्छ । यसमा सरकारको सरासर गल्ति छ सरकारले घरभाडाको कुनैपनि नीति नियम् नबनाउँदा मनलाग्दो रुपमा घरका धनीले भाडा बढाउने गर्दछन् । घरभाडा बढाउनु घरपतिको भगवानले दिएको आशिर्बाद झैं तपाईको भाडा यति भयो भनिदिए पुग्छ ।

हरेक कुरा किनेर खानुपर्ने अवस्थामा जागीरको पैसाले आफुलाई पाल्न बाहेक अरु केहि प्रगती पनि हुदैन भन्ने कुरा राजधानीमा बस्नेहरुले बुझेकै हुनुपर्छ । हामी सबै घरदेखि निस्कँदा ठुलो ठुलो सपना बोकेर आएका हुन्छौं तर घर छोड्दा एक पल्टननि सोच्दैनौं कि काठमाडौंको वसाई एकदमै पीडादायी हुन्छ भनेर ! र घरका परिवारले पनि सोच्दैनन् कि काठमाडौंको बसाई कस्तो हुने हो भनेर । हामीले काठमाडौंमा अध्ययन गर्न काठमाण्डौबाहिरबाट आएका केहि कलेज पढ्ने विद्यार्थिसंग सोधेका छौं ।

कि तपाईको काठमाडौं वसाईमा आईपरेका प्रमुख समस्या के के हुन् भनेर ? सबैको एउटै जवाफ हरेक कुरा महंगो छ त्यस्मा पनि घरभाडाले त झनै प्राणै लिएको छ । घरबाट काठमाडौंमा रोजगारी गर्दै केहि पैसा घरमा पठाउँछु र केसि पैसा पढाईमा खर्चेन्छु भनेर आय तर आज उल्टै घरमा आमा बुबाको भरमा अध्ययन गरिहेको छु । भन्छन् रामेछापमा मोहन जैशि जो अहिले आरआर क्याम्पस स्नातक तहमा अध्ययनरत छन् ।

यस्तै अर्की एकजना बिद्यार्थी अम्बिका खड्कासंग हामीले अर्काे प्रश्न गरेका थियौं, तपाई काठमाडौं कस्तो लक्ष लिएर आउनु भएको हो ? उनको उत्तर – एउटा सानो जागीर छ त्यसैमा दिन जान्छ । जागीर नगर्ने हो भने काठमाण्डौको बसाई बन्द होला, जागीर गरौं भने पढाई बिग्रन सक्छ, फेरी अर्कोकुरा कति आमाबुबाको पैसामा बाँच्नु भनेर आफ्नै खुट्टामा उभिन जागीरतिर लागेकी पढाईलाई हेम्पर हुँदोरैछ, तर म्यानेज गर्नै पर्यो उनी भन्छिन् ।

काठमाडौंमा राम्रो पढाई हुन्छ रे राम्रोसंग पढेर केहि बन्छु सोचेर पढ्न आको खर्च नपुगेर विदेश जान लागेको छु, बाबुआमाले सधैंभरी खर्च पठाउन सक्नुहुन्न, त्रिचन्द्र क्याम्पसबाट भर्खरमात्र पढाई छाडेका मणि पौडेल बताउछन् ।

यस्ता समस्या १– २ जनाको मात्र होईन समग्र विद्यार्थि, मजदुर लगायत मध्यमबर्गीय परिवारको छ । जो काठमाडौंमा पढ्छु र केहि गर्छु भनेर एकदमै ठुलो सपना बोकेर आएका छन् । तर सोचेजस्तो सजिलो कहाँ छर काठमाडौं । भनिन्छ हुनेखाने र पैसावालालाई मात्रै हो जस्तो देखिन्छ काठमाडौं र काठमाडौंको वसाई ।

जागीर नगर्ने हो भने काठमाण्डौको बसाई बन्द होला, जागीर गरौं भने पढाई बिग्रन सक्छ, फेरी अर्कोकुरा कति आमाबुबाको पैसामा बाँच्नु भनेर आफ्नै खुट्टामा उभिन जागीरतिर लागेकी पढाईलाई हेम्पर हुँदोरैछ, तर म्यानेज गर्नै पर्यो

मुलुकको हरेक स्थानीय तहमा गुणस्तरीय र सबै गरीब जनताको समेत पहुंच पुग्नेखाल्कोे शिक्षा दिन नसकेको सरकारले कहिलै सोच्दैन कि उच्च शिक्षा लिनका लागि मुलुकभरका विद्यार्थि काठमाडौं छिरेका छन्, उनीहरुलाई कस्तो समस्या छ र कसरी समाधान गरी भरपर्दा कर्णधारहरु उत्पान गरौं भनेर । सरकार हरेक क्षेत्रमा प्रत्येक दिन बढिरहेकोे महंगीको मुकदर्शक मात्र बनिरहेको छ ।

यस्ता कुराहरुको समयमै समाधान गरिएन भने भोली यस्तो दिन नआउला भन्न सकिदैन कि चोरी र डकैतिका घटनामा बृद्धि हुने ।सरकारलाई सुझाव सरकारले हरेक क्षेत्रमा दिन– प्रतिदिन भैरहेको घरभाडा देखि विभिन्न महँगी नियन्त्रण गर्नका लागि विभिन्न नीति–नियम बनाउन जरुरी छ । कति साइजको कुन कोठाको, कुन स्थानमा कति सम्म भाडा लिन पाईने भन्ने पनि कानून तुरुन्त बनाउन जरुरी छ । घरधनीले चाहेको बेलामा निकाल्न पाउने वा नपाउने भन्ने पनि नियम बनाउन जरुरी छ ।

सबै कुरामा वैज्ञानिक प्रणाली लागू नगरे देशको हालत अहिलेको भन्दापनि प्रत्येक बर्ष बिग्रीएर जाने निश्चत छ ।  सरकारको शिक्षा प्रणाली एउटा राजधानीमा मात्रै सीमित नभई मुलुकका कर्णाली लगायत हरेक विकट भन्दा विकट स्थानमा पुर्याउन जरुरी छ । मात्रै काठमाडौंमा प्रत्येक वर्ष ओईरो लाग्ने विद्यार्थि र अवशरको खोजीमा आउने जनताको संङख्यामा केहि कमि हुन्छ र गाउँको समेत विकासमा टेवा पुग्छ भन्ने कुरामा दुईमत छैन । शोभा रावत