अन्तर्राष्ट्रिय

पाकिस्तानले बुझायो भारतीय कैदीको सूची

इस्लामावाद । पाकिस्तानी सरकारले आफ्नो मुलुकमा रहेका भारतीय कैदीहरूको नामावलीको सूची सोमबार भारतलाई बुझाएको छ । इस्लामावादमा भारतको उच्च आयोगलाई बुझाइएको सूचीमा २६१ जनाको नामावली रहेको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वारा जारी वक्तव्यमा पाकिस्तान र भारतबीच सन् २००८ को मे २१ तारिखका दिन भएको सहमति अनुसार कैदीहरुको सूची बुझाइएको उल्लेख छ । सो सहमतिमा दुवै देशले आफ्नो देशमा रहेका एक अर्का देशका कैदीहरूको नामावलीको सूची सम्वन्धित देशलाई बुझाउने उल्लेख गरिएको समाचारमा जनाइएको छ ।

पाकिस्तानले बुझाएको कैदीको सूचीमा ५२ जना आम नागरिक र २०९ जना माझीहरु रहेको अधिकारीहरुले जनाएका छन् । भारतीय सरकारले पनि भारतमा रहेका पाकिस्तानी कैदीहरुको सूची पाकिस्तानी उच्च आयोगलाई नयाँदिल्लीमा बुझाउने वक्तव्यमा उल्लेख गरिएको छ ।