समाचार

  सरकारको महिला दिवशले नछोएका कर्णलीका महिलाः विभिन्न कुरीतिबाट पिल्सिन बाध्य

सर्खेत । महिला अधिकारका लागि सरकारले विभिन्न कार्यक्रमहरु गरीरहँदा कर्णलीका महिलालाई यस्ता कार्यक्रमले अझै पनि छुन सकेको छैन । हरेक कुरामा पछि परेका महिला पछिल्लो समय केहि अगाडि वढिरहेको देखिन्छ तर पनि सो ठाउँका महिला अझै पनि पुरानै शैलिको जिवन जिउन बाध्य छन । उहि पुरानै कुरितिको प्रतत्येक दिन कुनै न कुनै बाहानामा पिल्सीरहेका छन ।

कर्णालीमा भएका सामाजिक कुप्रथा, विद्यमान कानूनहरूको फितलो कार्यान्वयन, कमजोर आर्थिक स्तर र निरक्षताले महिलामा सशक्तीकरण हुन सकेको छैन । उक्त जिल्लाका महिला अझैपनि बोक्सिी, जस्ता तमाम कुप्रथाको शिकार बन्न बाध्य छन । यस्को कारण हो अन्धविश्वाश र अशिक्षा यस्तो कुप्रथाको शिकारबाट कर्णालीका महिलाले कहिले उन्मुक्ति पाउने त ? यो प्रश्न उब्जीएको छ । यति मात्रै होईन कम उमेरमा विवाह गर्ने कार्यले त झनै महिला विभिन्न रोगको शिकार बन्न बाध्य छन । त्यहाँका छोरीहरुले उच्च शिक्षा पाउन नै सकेका छैनन पहिलो समस्या आर्थिक अवस्था कमजो र दोस्रो सानैमा छोरीको बिहे गरिदिनु पर्दछ भन्ने मान्यता । यो विषय पनि त्यहाँको मुख्य समस्या छ जो महिलालाई सबल नबनाई दुर्वल वनाउनु भेमिका खेल्दछ ।

समाजमा महिलाको भूमिका महत्वपूर्ण भए पनि कर्णालीम अपेक्षित सशक्तीकरण हुन नसकेको तथ्य फेला परेको छ ।
सानो सानो अधिकारबाट वच्चित कर्णालीका महिला राजनीतिक पाटोमा त झनै यकदमै न्युन नै छन । उसै त हरेक कुरामा पिछडिएको प्रदेश त्यस्मा पनि महिला अधिकारका सवालमा त झनै पिछडिएको छ । यति हुदा–हुँदै पनि हरेक क्षेत्रका महिला सबैनै पिछडिएका छन भन्ने होईन पुरुष समान काम गरेर आफनो आम्दानी मात्र नभई पुरै घर खर्च धान्ने पनि छन । यति हो कि अवसर पाउनु पर्छ महिला पनि कमि छैनन तर कर्णालिका महिलाले अवसरमात्र नपाएका हुन । सरकारले हरेक सिपहरुको तालिम दिएर महिलालाई आर्थिक देखि लिएर हरेक क्षेत्रमा सफल बनाउन नि सकिन्छ । बिडम्बनाको कुरा महिला राष्ट्रपती भएको हाम्रो मुलुकमा महिला नै पिछडीएका छन । सरकोरी तहमा पुगेका महिलाले नै महिलाका लागि कुनै काम गर्न नसकेको अवस्था छ ।

हरेक क्षेत्रमा महिलालाई पुरुष समान अधिकार दिरहेको भाषण गर्ने सरकार र प्रत्येक वर्ष महिला अधिकार दिवश मनाउने विभिन्न निकायहरुको त्यता तिर ध्यान जान नसक्नुले पनि सो क्षेत्रका महिला हरेक क्षेत्रमा पिछडिएका छन । सहरका गल्लि–गल्लिमा महिला अधिकारको नारा लगाउदैमा कर्णाली प्रदेशका महिलाको जिवन शैलीमा कुनै परिवर्तन हुने छैन । कर्णालिका हरेक क्षेत्रमा पछाडि छन स्वास्थ्यउपचार देखि लिएर शिक्षा–दिक्षा आदिमा ।  सानो सानो समस्याको पनि समयमा उपचार पाएका छैनन । जो मानिसको नैर्षगिक अधिकार पनि हो । कर्णालिका महिलाा आम्दानी गर्ने कुनैपनि स्रोत छैन यस्तो अवस्थामा आर्थिक रुपमा त कमजोर हुनु स्वभाविकै छ ।

यसैक्रममा मध्यपश्चिम विश्वविद्यालय र अमेरिकी व्यावसायिक फेलोको टोलीबीच सोमबार सुर्खेतमा भएको अन्तरक्रियामा कर्णालीका महिलाको सशक्तीकरण अवस्था कमजोर भएको निष्कर्ष निकालिएको छ ।अमेरिकी युनिभर्सिटीका लिजा कर्टिसले महिला सशक्तीकरणमा देखापरेका असरहरूको सूक्ष्म अध्ययनबाट उनीहरूको सामाजिक, आर्थिक र राजनैतिक अधिकार स्थापित गर्दै लैजान सुझाईन ।अमेरिकन फेलो तथा क्युहाहोगा डेमोक्रेटिक वमन्स काउन्सिलका अध्यक्ष सिन्थिया डेम्सेईले प्रजातान्त्रिक अभ्यासबाट मात्र महिलाको उत्थान गर्न सकिने बताएका छन ।

महिला अधिकारवादी गीता कोइरालाले नेपालमा महिला, बालबालिकाको पोषण सुरक्षा, उनीहरूको अधिकार र सहभागिताको उचित व्यवस्था गरिए पनि त्यसको कार्यान्वयन पक्ष कमजोर रहेको बताएकि छन । महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत अधिकारकर्मी रचना सुनारले पनि महिलालाई शैक्षिक, आर्थिक, सामाजिक र राजनीतिकरुपले सशक्त बनाउन नसकेसम्म विकासको प्रतिफल नदेखिने धारणा व्यतm गरेकि छन ।

कर्णालिका महिलाा आम्दानी गर्ने कुनैपनि स्रोत छैन यस्तो अवस्थामा आर्थिक रुपमा त कमजोर हुनु स्वभाविकै छ । कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयले विश्वका अन्य विश्वविद्यालयसँग प्राज्ञिक क्षेत्रमा गरेको सहकार्य, सम्झौताका विषयमा पनि छलफल हुनाका साथै मध्यपश्चिम विश्वविद्यालयले इटाली विश्वविद्यालयसँग प्राज्ञिक क्षेत्रमा सहकार्य गरेर अघि बढ्ने सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो । साथै विभिन्न महिला अधिकारको वियषमा काम गर्ने संघ संस्था देखि सरकारलाई अनुरोध महिला अधिकारको नारा जुलुस लगाउदै सहरका गल्लि–गल्लि हिडनुको साटो एकपल्ट कर्णालिका महिलका लागि केहि गर्नु जरुरी छ तब मात्र हुन्छ महिला दिवश सार्थक ।