समाचार

लोकसेवा आयोगलाई कर्मचारी भर्नाको बाटो खुल्लाः विज्ञापन स्थगित गर्नु नपर्ने सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले लोकसेवा आयोगलाई कर्मचारी भर्नाका लागि बाटो खोली दिएको छ । सर्वोच्चले सोमबार न्यायाधीशद्वय हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासमा भएको सुनुवाइपछि विज्ञापनविरुद्ध परेका रिटहरुमा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्नु नपर्ने आदेश गरेको हो ।

योसँगै लोकसेवा आयोगको स्थानीय तहमा कर्मचारी भर्नासम्बन्धी विज्ञापनले वैधता पाएको छ भने कर्मचारी भर्ना प्रक्रिया अघि बढाउन पनि बाटो खुलेको छ । लोकसेवा आयोगले ५१५ स्थानीय तहमा कर्मचारी भर्नाका लागि गरेको विज्ञापन समावेशी नभएको भन्दै संसदको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन स्थगित गर्न निर्देशन दिएको थियो भने विज्ञापनविरुद्ध सर्वोच्चमा चारओटा रिट दायर भएका थिए ।

चारओटै रिटमाथि आइतबार र सोमबार एकमुष्ठ सुनुवाइ भएपछि सर्वोच्चले अन्तरिम आदेश दिनु नपर्ने आदेश गरेको हो । यसअघि, सर्वोच्चले कारणदेखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा डाकेको थियो । आयोगविरुद्ध स्थानीय तहको विज्ञापनसम्बन्धी चार रिट निवेदनमाथि यही असार ८ गतेदेखि सुनुवाइ सुरु गरिएको थियो । आयोगले गएको जेठ १५ गते देशभरका ५ सय १५ स्थानीय तहको नौ हजार १६१ सिटका लागि आवेदन माग गरेको थियो ।

लोकसेवा आयोगले आह्वान गरेको विज्ञापनमा ४ लाख बढिले फर्म भरिसकेका छन । यसैबीच सर्वाेच्चको यस्तो आदेश आएसंग फर्मभरका ४ लाख वढिको भविस्य सुनिस्चीत हुने भएको छ । यसअधि अन्यौल रहेको लोकसेवा आयोगको विषयमा अबभने तोकिएकै समयमा परिक्षा दिन पाईन्छकि भन्नेका सबैमा आशा जागरेको छ ।