प्रदेश 1

मुख्यमन्त्री राई अमेरिका प्रस्थान

काठमाण्डौ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई आज अमेरिका प्रस्थान गरेका छन् । अमेरिकाको बाल्टिमोरमा यही असार २० देखि २२ गतेसम्म हुन लागेको नेपाली राष्ट्रिय सम्मेलनको प्रमुख अतिथिका रुपमा मुख्यमन्त्री राई आज साँझ अमेरिका प्रस्थान गरेको उनका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

प्रदेश सरकारको सिफारिस र सङ्घीय सरकारको स्वीकृति बमोजिम मुख्यमन्त्री राई अमेरिका प्रस्थान गरे । अमेरिकाको उक्त कार्यक्रममा उनले गैरआवासीय नेपालीलाई सम्बोधन गर्ने कार्यक्रम छ । उक्त कार्यक्रममा उनले प्रदेश नं १ को विकास प्रक्रियाका बारेमा सम्बोधन गर्नुका साथै गैरआवासीय नेपालीहरुको भूमिकाको विषयमा समेत धारणा राखे ।

नीति कार्यक्रम र बजेटमा प्रदेश सरकारले लगानी सम्मेलन गर्ने जनाएको छ । उक्त लगानी सम्मेलनबारे पनि मुख्यमन्त्री राईले अमेरिकामा रहेका नेपालीहरुसँग छलफल गरेका छन् । यसअघि यो कार्यक्रममा भाग लिन नेपालका विशिष्ट व्यक्ति सहभागी भइसकेका छन् ।

सम्मेलनको आयोजना एशोसियशन अफ नेप्लिज इन दि अमेरिका, एशोसियशन अफ नेप्लिज इन मिड वेस्ट अमेरिका, अन्तर्राष्ट्रिय साहित्य समाज र बाल्टिमोर एशोसियशन अफ नेप्लिज इन अमेरिकाले संयुक्त रुपमा गरेका हुन् ।