राजनीति

राणाकालदेखीकै राजनीतिमा भ्रष्टाचारीको रजगज बन्द नहुँदा जनताले दुःख पाईरहेः नेता गुरुङ

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले नेताहरुमा भ्रष्ट प्रबृति परिवर्तन नभएको बताएका छन् । नेमसंघ ललितपुर महानगरको प्रशिक्षणमा बोल्दै नेता गुरुङले राणा शासन दह्रो हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।

नेता गरुङले यही कारणले नेपाली जनताले दुःख पाईरहेको बताउँदै राजनीतिमा भ्रष्टाचारीको रजगज चल्न नहुने विचार ब्यक्त गरेका छन् ।

नेता गुरुङले भने, ‘राणा, पञ्चायत, बहुदलीय प्रजातन्त्र हुँदै संघीय गणतन्त्र नेपालसम्म आइपुग्यौं तर भ्रष्ट प्रबृत्ति भने परिवर्तन भएन। भ्रष्ट नेताहरुको नेपाली राजनीतिमा रजगज चलेकै कारण नेपाली जनताले दुख पाइरहेका छन्।’