खेलकुद

ललित स्मृति फुटबलः एपीएफ विजयी

काठमाण्डौ । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले थ्री स्टार क्लबलाई पराजित गर्दै ललित स्मृति कप यु–१८ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सुखद शुरुआत गरेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घको खेल मैदानमा आज भएको खेलमा एपीएफले थ्री स्टार क्लबलाई ५–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद शुरुवात गरेको हो । एपीएफको जीतमा रन्जन पुनले दुई गोल गरे । उनले खेलको २४ र ७३औँ मिनेटमा गोल गरे । त्यस्तै विपिन थापामगरले खेलको २१औँ मिनेटमा गोल गर्दा रोशन प्रधानले खेलको ३३औँ मिनेटमा तथा समिरज थोकरले खेलेको ८६औँ मिनेटमा गोल गरे ।

जीतसँगै समूह बी मा रहेकोे एपीएफले पहिलो खेलबाट तीन अङ्क जोडेको छ । पराजित थ्री स्टारका लािग दिप्सन राउत र सुमन श्रेष्ठले एक÷एक गोल फर्काए । दिप्सनले खेलको ४४औँ मिनेटमा गोल गर्दा सुमनले खेलको ४८औँ मिनेटमा गोल गरे । थ्री स्टारको भने यो पहिलो हार हो ।

यसअघि भएको खेलमा थ्री स्टारले मनाङ मस्र्याङ्दी क्लबसँग दुई/ दुई गोलको बराबरी खेलेको थियो । दुई खेल खेलेको थ्री स्टारको एक अङ्क छ । एन्फाद्वारा आयोजित उक्त प्रतियोगिताका विजेता टोलीले रु तीन लाख तथा उपविजेताले रु एक लाख ५० हजार पाउनेछ । प्रतियोगितामा ए डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।