आर्थिक

मुक्तिनाथ विकास बैंकको एकै साथ दुई शाखा

काठमाण्डौ । “जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्दछ ” भन्ने मुलनाराका साथ आधुनिक बैंकिङ्ग र लघु बैंकिङ्ग सेवा एकै साथ संचालनगर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा भक्तपुर जिल्लाको सुर्यविनायक र काठमाडौं जिल्लाको गोठाटारमा औपचारिक रुपमा शाखा कार्यालय विस्तार गरेको छ ।

सुर्यविनायक शाखाको समुद्घाटन प्रतिनिधि सभाका सदस्य तथा पुर्व उद्योग मन्त्री महेश बस्नेतले गरे । शाखा कार्यालय समुद्घाटन गर्दै प्रमुख अतिथि बस्नेतले बैंकले स–साना उद्यमगर्ने व्यवसायीका साथै ठूला ठूला उद्योगपतिहरुलाई पनि सहज र सरल सेवा प्रदानगर्दै अगाडि बढ्नु पर्ने बताउँदै यस क्षेत्रका जनतालाई सरल, सुलभ र ग्राहकमुखी सेवा प्रदानगर्नु पर्नेमा जोड गर्दै बैंकको उत्तरोउत्तर प्रगतिको शुभकामना व्यक्त गरे ।

गोठाटार शाखाको समुद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरी थापाले गरे । शाखा कार्यालय समुद्घाटन गर्दै प्रमुख अतिथि थापाले मुक्तिनाथ विकास बैंकको सेवा उल्लेखनिय रहेको तथा आगामी दिनमा बैंकले स्थानीय संघसँस्थाहरुसंग समन्वय गरीअझ गुणस्तरीय सेवाप्रदानगर्दै सामाजिक तथा आर्थिक विकासमाथप योगदान पु¥याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे ।

समुद्घाटन कार्यक्रममा बैंकका सँस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल, बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, बैंकका ब्राण्ड एम्बेसडर सीताराम कट्टेल (धुर्मुस), सँस्थापक सेयरधनी, स्थानीय समाजसेवी तथा भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो ।

मुक्तिनाथविकास बैंकले देशैभरी ११९ वटा शाखा, २५ वटा ए.टि.एम. र छ लाखग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकस्योरेन्स, आस्वा, मोबाइल बैंकिंङ्ग सुविधाकासाथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका ATM बाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।