आर्थिक

सिटी एक्सप्रेस र हिम इलेक्ट्रोनिक्सबीच साझेदारी

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले आप्mनो ग्राहकवर्गहरुलाई विदेशमै बसेर नेपालमा टिभी किन्नमिल्ने सुविधा प्रदानगर्न नेपालकालागि सामसङ्ग उत्पादनहरुको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्ससँग साझेदारी गरेको छ । सिटी एक्सप्रेस मनी ट्रान्स्फरकातर्फबाट चन्द्र टण्डन र हिम इलेक्ट्रोनिक्सका तर्फबाट प्रभाकर शम्शेर थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार कतार, साउदी, कुवेत र मलेशियामा रहेको सिटी एक्सप्रेस मनी ट्रान्स्फरको काउन्टरमा गएर पैसा जम्मा गरेपछि नेपालमा रहेका परिवार र आफन्तजनहरुले सोही देश बराबरको एमआरपीमा टिभी खरिद गर्न सक्नेछन् साथै अन्य देशभर रहेका सिटी एक्सप्रेस मनी ट्रान्स्फरकाकाउन्टरबाट पनि यस सेवा उपलब्ध गराउने योजना रहेको बताइएको छ । यो योजनाअनुसार १६, २०७६ बाट लागू भएको हो ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमाआफ्नो छुट्टै पहिचान बनाउदै बिगत १२ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदानगर्दै आइरहेको छ ।