आर्थिक

सिभिल बैंकको शाखा बर्दियाको सितला बजारमा

काठमाण्डौ । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा सितलाबजारमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले गरे ।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको  प्रदेश नं. ५का प्रदेश प्रमुख किरण धमला, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।
सितलाबजार शाखा सहितसिभिल बैंककोे कुल शाखा संख्या ८६ पुगेकोे पनि बैंकले जनाएको छ ।