आर्थिक

सानिमा बैंकले खुलायो शैक्षिक छात्रवृत्ति आबेदन

काठमाण्डौ । सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई बहनगर्ने क्रममा शिक्षा, स्वास्थ्यलगायत अन्य क्षेत्रहरुमा विपन्नवर्गका जनतालाई प्रत्यक्ष फाईदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालनगर्दै आइरहेको छ ।

यसै अनुरुप सानिमा बैंकले विगत ७ वर्ष देखि काठमाण्डौ उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ तथा १२ कालागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिलगर्न छात्रवृत्ति प्रदानगर्दै आइरहेको छ ।

सोहि कार्यक्रमलाई निरन्तरतादिदैं यस बैंकले उच्च माध्यमिक तह–प्लस टु अध्ययनगर्नका लागि काठमाण्डौ उपत्यका बाहिरका शाखाहरुबाट छात्रवृत्ति आवेदन खुल्ला गरेको छ । छात्रवृत्ति आवेदन श्रावण १०, २०७६ सम्मदिन सकिने बैंकले जनाएको छ ।

यस कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई शैक्षिक संस्थामालाग्ने शुल्कहरु तथा शैक्षिक सामाग्रीहरुका अतिरिक्त मासिक दुई हजार नगद वृत्ति सहित २ वर्षका लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ ।