समाचार

भीडन्तपछिको स्थिति नियन्त्रणमा लिन हेलिकप्टरमा थप ३ दर्जन प्रहरी पुगे संखुवासभा

काठमाण्डौ । संखुवासभामा नेकपा विप्लव समूह र प्रहरीबीच भीडन्त भएपछि प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक उमेश थापाको नेतृत्वमा र शेखरजंग मल्लको नेतृत्वमा ३५ जना प्रहरी खटाईएको समाचार छ । विप्लवसँगको भीडन्तपछि आउने परिस्थितिलाई मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालयले नेपाली सेनाको हेलिकप्टेरमार्फत उक्त स्थानमा प्रहरी खटाईएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।

खटिएका प्रहरीमा २५ जना जनपद र १० जना शसस्त्र प्रहरी रहेका छन् । सिलिङचुङ गाउँपालिका–१ सिसुवाखोलाको हेयाङ्लामा आज बिहान दुई पक्षबीच २० मिनट भिड्न्त भएको भनिएपनि कुनैपनि पक्षको मानबिय क्षती नभएको समाचार छ । एमआई १७ हेलिकप्टरसहित उक्त स्थानमा प्रहरी खटाइएपछि स्थििति नियन्त्रणमा आउने प्रहरीको दाबी छ ।