गण्डकी प्रदेश

अपाङ्गता भएकालाई बीस लाख सहयोग

दमौली । नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले अपाङ्गता भएका व्यक्तिलाई रु बीस लाख सहयोग उपलब्ध गराएको छ । अपाङ्गता भएका व्यक्तिको जीविकोपार्जनका लागि सहज गराउने उद्देश्यले जिल्लाका विभिन्न ठाउँका व्यक्तिलाई उक्त रकम सहयोग गरिएको जनाइएको छ ।

‘नेपालका भूकम्प प्रभावित समुदायमा अपाङ्गता भएका व्यक्तिका लागि सशक्तीकरण र समावेशीकरण कार्यक्रम’ अन्तर्गत रिसिङ गाउँपालिका–७ कोटदरबार, रिसिङ गाउँपालिका–८ रानीपोखरी, व्यास नगरपालिका–८ रिस्ती र भानु नगरपालिका–१३ सतिस्वाँराका अपाङ्गता भएकालाई आर्थिक सहयोग गरिएको उक्त शाखाका सभापति कृष्णहरि वाग्लेले जानकारी दिए ।

कोटदरबारका ७९, रानीपोखरीका ५४, रिस्तीका २८ र सतिस्वाँराका ३९ गरी कूल २०० लाई जनही रु १० हजारका दरले रकम प्रदान गरिएको अपाङ्ता समावेशी कार्यक्रमका कार्यक्रम अधिकृत करुणानिधि भट्टराईले जानकारी दिए ।