समाचार

भाडाका अपराधीलाई १२ लाख दिएर छोरीले गरिन आफ्नै आमाको हत्या

काठमाडौँ । भक्तपुरमा आइतबार बिहान आफ्नै छोरीले प्रेमीसँग मिलेर आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।  चाँगुनारायण-७ की ६० वर्षीया साबित्री भट्टराईको आइतबार बिहान धारिलो हतियार प्रहार गरि हत्या भएको थियो ।

हत्या घटनामा खटिएको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनकी छोरी २७ वर्षीया ईश्वरी सहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार छोरी र उनका प्रेमीबिचको सम्बन्ध थाहा हुने डरले आमाको हत्या भएको हुन सक्ने बताएको छ ।

उनले आमाको हत्या गर्न कै लागि भरतबाट १२ लाखमा भाडाका अपराधी भोला कुमार र मोहमद रइसलाई बोलाएको महानगरी प्रहरीले बताएको छ । उनीहरुले १२ लाख पाएपछि धारिलो चक्कुले घाटी रेटेर हत्या गरेको अनुसन्धनमा देखिएको छ ।