विचार/ब्लग

ओली सरकारको आयु सकियो, अब यसकारण ढल्छ

बाबुराम आचार्य /नेकपा अध्यक्ष समेत रहेका केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री बनेको एक बर्ष कट्दापनि मुलुकमा परिवर्तन शून्यप्रायः देखिएको छ । तत्कालीन माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालको समर्थनमा दुईतिहाई मतको सरकार संचालन गर्न सफल भएका प्रधानमन्त्री ओलीले नेपाली जनता र देशका लागि ठूलै परिवर्तन ल्याउछन् भन्ने आशा मुलुकको हित चाहने, नेपालसंग सरोकार राख्ने जोकोहीले पनि ठम्याएका थिए । ०४७ सालपछि निरन्तर सत्ताको बागडोर सम्हालिरहेको नेपाली काँग्रेसलाई भने ०५४ सालमा मनमोहन अधिकारीको आफ्नै गाँउ आफैं बनाउन कार्यक्रमबाट जनताको मत जितेजसरी बर्तमान ओली सरकारले काम गर्ला र काँग्रेस अझै बढारिएला कि भन्ने डर भने भएको काँग्रेस नेताहरुले त्यसबेला दिएको अभिब्यक्तीबाट स्पष्ट गर्न सकिन्छ ।

नेकपा सरकारले दुईतिहाई मतको सरकार बनायो, देश बनाउन बाटो खुल्यो र चीनबाट रेल ल्याउछौ भन्दै प्रधानमन्त्री ओलीले रेलको कार्यालय समेत ललितपुरको एकान्तकुनामा उद्घाटन गरे । तर प्रधानमन्त्रीले उद्घाटन गरेको भोलिपल्टै रेल कार्यालय बन्द भयो । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरकी १३ बर्षीया बालीका निर्मला पनतको बलात्कारपछि हत्या भयो तर उक्त बलात्कारी र हत्यारा अहिले सम्म ओली सरकारले पत्ता लगाउन सकेन । वाईडबडी खरिदमा अरबौंको भ्रष्टाचार भयो, तत्काली पर्यटन मन्त्री रवीन्द्र अधिकारी हेलिकप्टेर दुर्घटनामा निधन भएपछि प्रधानमन्त्रीले रवीन्द्र अधिकारीले भ्रष्टाचार नगरेको सार्बजनिक रुपमा नै बताईदिएपछि उक्त मुद्धा समेत सेलाएर गयो ।

पछिल्लो समयमा नेकपा नेतृत्वको ओली सरकारले मिडिया काउन्शील विधेयकमार्फत प्रेश स्वतन्त्रतामाथी अंकुस लगाई मिडिया क्षेत्रलाई सरकारको नियन्त्रणमा राख्ने प्रयास गरेको देखिएको छ जुन बिधेयकका बिरुद्धमा नेपाल पत्रकार महासंघ लगायतका सरोकारवालाहरु आन्दोलनमा सकृय भईरहेका छन् । मिडिया बिधेयक भन्दा पनि पछि सरकारले गूठी बिधेयक संसदमा दर्ता गरायो, गुठी बिधेयक दर्ता गराएको सरकारले काठमाण्डौको माईतीघरमा देखिएको लाखौं जनताको बिरोधका कारण उक्त बिधेयक फिर्ता लिन बाध्य भयो । एक प्रकारले दुईतिहाई मतको सरकार भएपनि जनताले चाहेभने गाह्रो पर्दारैछन् भन्ने सवक प्रधानमन्त्रीले समेत सिके । नेकपाका नेताहरुले सवक सिकेको अभिब्यक्ती समेत दिन भ्याए ।

अझ अझैकेहीदिनदेखी त अन्तर्राष्ट्रिय स्तरको फिल्म अवार्डमा एक अर्ब पुरस्कार दिँदै सरकारले कार्यक्रम गर्ने भनेपछि ओली सरकारको सामान्य जनतादेखी बिदेश बस्ने नेपाली र नेपाली कलाकारहरुले ब्यापक बिरोध गरिरहेका छन् । काँग्रेस स्थानीय तह, प्रदेश र संघ गरेर तीनै तहमा आफ्नो संख्यात्मक परिस्थिति ज्यादै तल झरेपनि उक्त पार्टीका नेताहरु आन्तरिक कलह, गुटबन्दी र नेतृत्व हत्याउने दाउ राखी एक अर्काको बिरोध सार्बजनिक रुपमै गरेर हिँडिरेका छन् । नेकपा महासचिव विष्णु पौडेलले हडपेको भनिएको वालुवाटारको जग्गाको बिषय होस वा आईफा, नेकपा पछिल्लो समय तीन करोड नेपाली जनताबीच अलोकप्रीय देखिदै गएको छ ।

नेकपा अलोकप्रीय देखिनुमा अध्यक्ष केपी शर्मा ओलीलाई प्रमुख भूमिका दिन सकिन्छ, जसरी पिछिल्ला निर्बाचनमा नेकपाले पाएको जनताको समर्थनमा जस प्रधानमन्त्री ओलीलाई दिएइको थियो, नेतृत्व गर्ने हिशावले अध्यक्षलाई नै यसको अपजस समेत दिनु उपयुक्त हुनुपर्छ । यसमा थप कुरा के देखिन्छ भने प्रधानमन्त्री छन्, नेकपा अध्यक्ष ओली तर जे पायो तेही बोल्दै हिँड्छन्, उनी भन्छन् अब घर घरमै भात पुर्याउछौं, काम गर्न मन हुने एकजनापनि जनता बिदेश जानुपर्दैन, काम गर्न मन नहुनेले ओछ्यानमा नै भात खान पाईन्छ भन्छन्, त कहिले चुनाव अगाडी धुलो हटाउछु भनेको थिए, त्यसबेला माक्स लगाएर हिँड्नुपथ्र्यो अहिले मास्क मुक्त भयो काठमाण्डौ ! जनताको धुलोका कारण बिजोग छ, जनताको शिक्षा स्वास्थ्यमा पहुंच नभएका कारण अवस्था ज्यादै नाजुक छ, महंगी बढेर चरमउत्कर्शमा पुगेको छ तर कार्यन्वयन गर्नुपर्ने प्रमुख ब्यक्ती प्रधानमन्त्री ओली जे पायो उही बोलेर हिँडेका कारण जनता निरास हुन थालेका छन् ।

जे भएपनि अहिलेसम्मका कुनै पनि प्रधानमन्त्रीले देशको काँचुली फेर्न सकेका छैनन्, कुनैपनि राजनीतिक दलका प्रधानमन्त्री आएपनि नेपाली जनताको मन जिल्त सकेका छैनन् । अहिलेसम्म निर्बाचन अगाडी गाँउ गएर जनतामाझ आँखामा छारो हाल्ने अनि निर्बाचन जितेर सिँहदरबार गएपछि जनताका दुःख बिर्षँदै पद र पैसाका पछि लाग्ने प्रधानमन्त्रीहरु भएको जनताले प्रतिकृया दिईरहेका छन् । राजनीतिक रुपबाट कुरा नगर्नेहो भने मरिचमान सिंह, कृष्ण प्रसाद भट्टराई, मनहोहन अधिकारी, शुसील कोईराला, डा बाबुराम भट्टराई लगायतका केही प्रधानमन्त्रीहरुलाई नेपाली जनताले आफ्नो मानसपटलमा राखेको देख्न पाईन्छ । तर त्यसभन्दा अघि वा पछिका प्रधानमन्त्रीहरु आफ्नो फोटो सिंहदरबारको भित्तामा टाँस्नेबाहेक मुलुकको मुहार फेर्न कुनैपनि योगदान गर्न नसकेको सावित भएको जनताको आरोप छ ।

राजनीतिक अस्थिरता बढ्नु राम्रो होईन, नेपालमा ५ बर्ष निर्बाचित प्रधानमन्त्री टिकेको उदाहरण भेट्टाउन सकिन्न । राजाका पालामा राजाले टीका लगाएका प्रधानमन्त्रीहरु ६ महिना टिक्नु ठलो कुरा हुन्थ्यो तर निर्बाचित प्रधानमन्त्री किन टिक्दैनन् त ? प्रश्न चिन्ह खडा हुन्छ ! आफ्नै कारणले, बिपक्षीका कारणले वा बिदेशीले प्रधानमन्त्री ढाल्छन् ? कुरा गम्भीर छ । कसैले बिदेशीले ढाल्छ भन्छन् त कसैले प्रमुखप्रतिपक्षी दलले त कसैले आफ्नै पार्टीको आन्तरिक गृहकलहले । आआफ्ना ठाँउमा सबै ठीक होलान् तर यहाँ प्रायः सरकारहरु आफ्नै कारणले ढलेको आँकलन सही छ ।

पछिल्लो समयमा ओली सरकार ढल्न लागेको देखिन्छ । एउटा कारण ओली सरकारको आयु लगभग सकिएको छ, नेपालको इहिहासमा कुनैपनि सरकारको आयु लगभग एक बर्ष हो, त्यो समय ओली सराकारले कटाईसकेको छ । अर्को कारण नेकपाका अर्का अध्यक्ष पुष्यपकमल दहालले चितवनमा गएर केहीदिन अगाडी काँग्रेससँग सहकार्य नगरी शान्तीप्रकृया निष्कर्षमा पुर्याउन सकिन्न भन्ने बिबादास्पद कुरा बोलेका छन् । पुनः त्यसैको भोलीपल्ट काँग्रेस सभापति शेरबहादुर देउवाले काँग्रेसले चाह्यो भने नेकपाको दुईतिहाई सरकार एकचुढ्कीमा ढाल्न सक्छु भनेका छन् । चितवनबाट काठ्माण्डौ फर्किएपछि मदन भण्डारीको जन्मजयन्तीका दिन अध्यक्ष दहालले नेकपा फुट्ला र सरकारको स्वाद चाखुला भन्ने काँग्रेसले सपना नदेखे हुन्छ भन्ने अभिब्यक्ती दिएका छन् । उनको उक्त अभिब्यक्तीपछि नेकपाका महत्वपूर्ण नेता मानिने उपप्रधानमन्त्री तथा रक्षामन्त्री समेत रहेका ईश्वर पोख्रेलले पार्टीभित्रका असहमतीहरु छताछुल्ल भएको कुरा बताएका छन् ।

नेकपाका अधिकाँस नेताहरु सरकार पुरा ५ बर्ष टिक्ने दाबी गरेर सार्बजनिक रुपमा हिँडिरहेका छन् । अनि बालुवाटारमा झण्डै ६७ घण्टा भएको नेकपा अध्यक्षद्वयको भेटपछि प्रधानमन्त्री ओली मध्यावधी गर्न आन्तरिक तयारीमा जुटेको राजनीतिक टिप्पणी समेत गरिएको थियो । अर्कोतर्फ डा बाबुराम भट्टराईको नयाँशक्ती, उपेनद्र यादबको संघीय समाजबादी एक भईसकेका छन्, उपेन्द्र यादबले कुनैपनि समयमा सरकार छाड्न सक्छन् भने उक्त पार्टीको राजपासँग समेत एकीकरणको छलफल भईरहेकोे समाचार आईरहेका छन् । यसबाट के स्पष्ट हुन्छ भने, ओली सरकार चारैतिरबाट घेरबन्दीमा परेको छ, आज हो वा भोली ढ्ल्ने हो त्यसको धारमा उभिएको छ ।

नेपाली जनताको सरकारप्रति नकारात्मक धारणा त बढ्दै छ त्यस अलवा बिभिन्न कारणले ओली सरकार ढ्ल्ने, ५ बर्ष टिक्ने लगायतका आवश्यक्ताभन्दा बढी टीकाटिप्पणी र छलफल हेर्दा सरकार ढल्ने संकेत देखिएको छ । संबिधानमा ५ बर्ष सरकार टिक्ने भनेपनि ओली सरकार राष्ट्रिय अन्तराष्ट्रिय परिस्थिति हेर्दा ढल्ने बाटोतिर गएको देखिन्छ । ओली सरकार ढलेपछि को नयाँ सरकारको प्रधानमन्त्री बन्छ त्यो भने समयले देखाउला ।