आर्थिक

मुलुकमा डरलाग्लो आयातः वार्षिक ३५ अर्व वढिको चामल भित्रन्छ

काठमाडौं । कृषि प्रधानको देश भनेर चिनीने नेपाल जहाँ प्रतेक वर्ष कयौं अर्वको अन्नपात आयात गर्नुपर्ने अवस्था छ । आफनो मुलुक देखि निर्यात गर्नुपर्नेमा विडम्बनाको कुरो हरेकवर्ष मुलुकमा ३५ अवै वढिको चामल आयात हुने गरेको छ । नेपालको आधा जति भुभाग कृषि योग्य जमिन रहेको छ । मुलुकको पहिलो खाद्यान्नबालि धान भएपनि यसतर्फ किसानलाई आर्कषित गर्न नसक्दा यस्को डरलाग्दो अवस्था आयातमा देखिएको छ । विभिन्न तथ्याङकलाई हेर्दा अहिले नेपालमा वार्षिक रुपमा ३५ अर्ववढिको चामल आयात भएको छ ।

सरकारले नेपाललाई कृषि पेशामा आत्मनिर्भर बनाउने भनेर हरेक पटक भाषण गरेपनि हरेक कुराले नेपालको कृषि पेशा उल्लेख्य मात्रामा फस्टाउन नसकिरहेको छ । नेपालका प्राय स्थानमा आकाशे पानिको भरमा खेती हुने हुदा पनि सोचेजस्तो आम्दानी भएको छैन । आकासे पानिको भरपर्नुपर्ने अवस्था,त्यस्मा पनि बेलैमा पानि परेन भने या पानि नै परेन भने मुलुकको आधा जति जमिन बाँझै रहने अवस्था रहेको छ। मुलुकमा पहिलो त धानको उत्पादन बढन नसक्नुको मुख्य कारण सिंचाई रहेको छ । जो हाम्रो मुलुकमा यकदमै अभाव छ । जलस्रोतको धनि देश भएपनि पानिको प्रयोग गर्न नसकिरहेको अवस्था छ ।

अहिलेको सन्र्दभकै कुरा कर्नेहो भने पनि वर्षा यामको आधा महिना भैसक्दा पनि मुलुकमा पानिको अभावका कारण आधा जति मात्र पनि खेति हुन सकेको छैन । ढिलागरी पानी पर्नेहुँदा पनि समयमा खेती पाति हुन नसकेमा सोचेजस्तो बालि नहुने समस्या छ । मुलुकको आधा जनताको प्रमुख पेशा कृषि नै भएको मुलुकमा सरकारले यतातिर कुनै चासो नै नदिएको हुनाले पनि अन्नबालि सोचेजस्तो उब्जनी गर्न नसक्नुले कृषकको मनोबल घटदै जाँदा भएको खेतबारी पनि बाँझै छाड्ने कृषक दिन–प्रतिदिन वढिरहेका छन । कृषि पेशामा आत्म निर्भर हुनुपर्ने मुलुकमा उल्टै छिमेकी मुलुलको भरमा बाँच्नु पर्ने कस्तो बिडम्बना । छिमेकि मुलुकले आयात रोकिदियो अथवा नाकाबन्दी गरेको खण्डमा के हुन्छ भन्ने तर्फ सरकारको ध्यानै गएको छैन ।

सिंचाईको अभाव भैरहंदा यता मलको अभाव भएको पाईएको छ । किसान धान रोपाइँमा व्यस्त भइरहँदा सिरहामा डिएपी (रासायनिक मल) को अभाव भएको छ । कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट आवश्यक मात्रामा मल नआउँदा सिरहामा डिएपी मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड लहानले जनाएको छ । धान रोपाइँको बेला मलखाद्यको माग बढे पनि लामो समयदेखि आपूर्ति नहुँदा डिएपी मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड लहानका प्रमुख चन्द्रप्रसाद चौलागाईंले बताएका छन ।

उनका अनुसार सिरहामा ३० हजार बोरा डिएपी मलको माग रहेकोमा हाल एक बोरा पनि डिएपी मल कृषि सामग्रीको गोदाममा नरहेको भनाइ छ । डिएपी मलको अभाव भए पनि युरिया मल भने पर्याप्त रहेको छ । डिलर रहेका सहकारी संस्थामार्फत कृषि सामग्री कम्पनीले गाउँ गाउँका किसानलाई मलखाद्य बिक्री वितरण गर्दै आएको छ । यो समस्या मुलुकको एउटा स्थानको मात्रै नभई सिंगो मुलुकको हो ।

चालुआर्थिक वर्ष २०७५÷ ७६ मा पानि राम्रै परेकाले लगभग ५६ लाख १० हजार मेट्रिकटन धान उत्पादन भएको थियो । मल पानि, उन्नत जातको बिउ, र प्रविधियुतm तरिकाले खेति गरेको खण्डमा नेपालमा पनि कृषिपेसाको साम्रो सम्भावना देखिन्छ । यस्का लागि सरकारले प्रसस्त खेर गैरहेको पानिको उचित उपयोग गरेर आकाशे पानिको आशा गर्नुनपर्ने गरि व्यवस्था गर्न जरुरी रहेको छ ।