समाचार

बजारमा म्याद गुज्रेका सामान विक्रिः मानिसको स्वास्थ्यमा खेलवाड ।

बनेपा। पछिल्लो समय वजारमा अखाद्य वस्तु म्याद गुज्रेका सामानहरु विक्रि हुनेगरेको तथ्य पटक–पटक सार्वजीनीक भैरहेका छन । वजार अनुगमन समितीको फितलो निती भनौं वा अनुगमनामा भएको कमजोरी ।

अनुगमन हुँदा–हुँदै पनि बजारमा मानिसको स्वास्थ्यमाथि खेलवाड गर्दै व्यापारिले आफनो नाफको लागि म्याद गुज्रेका सामान विक्रि गरिरहेको पाईन्छ । तर पनि यस्ता व्यापरिको पहिचान गर्न नसकिरहेको देखिन्छ । यस्मा सरकारको पनि केहि कमिकमजोरी छ भने केहि अनुगमन समितीको साथै यस्तो कुरामा ग्राहकले पनिअल्ली ध्यान दिन सकेका छैनन ।

कुनै पनि सामान किन्दा सामानको म्याद कहिले सम्मको छ यो कुरा हर्नु ग्राहकको पनि उतिकै आवस्यकता छ यति हुँदा हुदै पनि सवै मानिस शिक्षीत नहुनु पनि समस्या हुन सक्छ जस्लाई कुनै अक्षर पढन आउदैन , यस्को फाईदा व्यापारिले उठाउने गर्दछन । साथै यस्का लागि सरकारले बजार अनुगमनमा कडा निती बनाएर व्यापकमात्रामा बजार अनुगमन गर्न जरुरी छ । साथै यस्ता म्याद गुज्रेको सामान विक्रिगरेको खण्डमा त्यस्ता व्यापारिलाई कडा भन्दा कडा कार्वाहि नगरे सम्म व्यापारिले म्याद गुज्रेको सामान विक्रिगर्दै आफनो गोजीभर्ने र ग्राहकको स्वास्थमाथि खेलवाड हुनेक्रम रोकिने छैन ।

यस्तै क्रममा बजारमा विभिन्नअखाद्य वस्तु, म्याद गुज्रेका पेय तथा खाद्य पदार्थ खुलारुपमा बिक्री हुँदै आएको खुलासा भएको छ । जिल्ला बजार अनुगमन समिति नेतृत्वको संयुक्त टोलीले काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दोलालघाटमा गरेको बजार अनुगमनको क्रममा यस्तो भेटिएको हो ।

बजार अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरी नेतृत्वको टोलीले गरेको अनुगमनमा पसल सञ्चालकले म्याद गुज्रेका विभिन्न खाद्य सामग्री बिक्री वितरण गरेको पाइएको कारण त्यसलाई नष्ट गरी अब त्यस्तो नगर्न पसल सञ्चालकलाई सचेत गराएको छ । सो क्षेत्रका दर्जनौँ पसलमध्ये पाँच÷छ वटा पसलमा म्याद गुज्रेका र अखाद्य वस्तुको समेत प्रयोग गरी बिक्री वितरण गर्दै आएको पाएपछि ती सामग्री नष्ट गरिएको हो ।

जिल्लाको पर्यटकीय क्षेत्रका रुपमा परिचित दोलालघाट बजारमा खुलारुपमा बाहिर नै राखेर बिक्री गर्दै आएको माछामा अखाद्य वस्तु प्रयोग गर्नुका साथै धुलो धुँवा मिसिएको पाइएको बताउँदै त्यसको लागि सुरक्षित तवरले बिक्री गर्न निर्देशन दिएको उनले बताएका छन । त्यसको लागि सात दिनको समय दिएर अखाद्य वस्तु प्रयोग नगर्ने, धुलो नपस्ने गरी सिसाको बार लगाएर राख्ने, जालीले बेर्ने र प्लाष्टिकले छोपेर राख्नुपर्ने भनी निर्देशन दिएको उनले बताएका छन ।

साथै “यदि दिएको समयभित्र पनि निर्देशन पालना नगरेको पाइएमा देखिएका वस्तु जफत गर्नेछौँ उनले भने । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख शिव भण्डारीले भुटेर खाने वस्तुमा रङ हालेर पकाएर खुवाएको खण्डमा दूषितअन्तर्गत कारवाही हुने बताए ।

अनुगमनका नाममा जनताको आँखामा छारो हालेको मात्रै देखिएको छ, उपलब्धी भने शुन्य । मुलुकमा दुई तिहाईको सरकार निर्माण भएपनि हरेक क्षेत्रमा कयौं कमि कमजोरी हुँदा समेत सरकार मुकर्दशक बनिरहेको देखिन्छ । हरेक कुरामा ठुलो ठुलो भाषण दिने सरकारले जनताको स्वास्थ्यसंग खेलवाड गर्ने हरेक निकाय वा क्षेत्रका व्यक्तिहरुलाई कार्वाहि गर्नुको साटो संरक्षण प्रदान पो गरेको छ कि ? भन्ने प्रश्न उब्जीएको छ ।