स्वास्थ्य

आयुर्वे्दिक औषधितफर्त बढदो मोहः प्रोटियुक्त खानेकुरामा कमि गरौं ।

बझाङ । पछिल्लो समय आयुर्वेदिक औषधि तिर सबैैको आकर्षण बढदो छ । खानपानमा ध्यान दिन नसक्ना अहिले प्राय मानिसमा विभिन्न प्रकारका रोगहरु उब्जीएको अवस्था छ । साथै सानो–सानो रोगमा पनि अस्पतालको गोलि निल्न बानीले त झनै सानो रोगलाई बढावा दिदै अझ बिराल रुप लिएको पाईएको छ । अत्यधिक प्रोटिण युक्त खानपान र शरिरलाई आवस्यक भन्दा वढि आराम दिने कारण पनि विभिन्न रोगले मान्छेलाई अहिले डल्लो पारिसकेको छ ।

यस्तो अवस्थामा डाक्टरहरु पनि अस्पतालको औषधि भन्दा पनि प्राकृतिक रुपमा उत्पादीत आर्युर्वेदिक औषधि प्रयोग गर्न सल्लाह दिने गर्दछन । साथै पछिल्लो समय सवै मानिसहरुले आयर्वेदिक औषधि नै स्वास्थ्यको लागि उपयुक्त हो भन्ने कुराको महसुश गर्न थालेकाले पनि आयुवेर्द औषधि तर्फ सबैको आकर्षण बढदो छ भन्न सकिन्छ ।

साथै विभिन्न व्यक्तिको राय लिदा पनि अस्पतालको विभिन्न औषधि भन्दा आयुर्वेदिक औषधिले नै स्वास्थ्यको हित गरेको प्रतिक्रिया दिन्छन । अस्पतालको औषधिले कुनै पनि रोगको र्दद क्षणिकभरलाई निको पारेपनि पछि गएर त्यहि औषधि सेवनका कारण अरु रोगहरु बल्झिएको सबैले अनुभव सबैको छ । आयुर्वेदिक औषधि सेवन गरेदेखि विस्तारै औषधिको असर त्यो पनि राम्रो हुने र कतिपय रोगहरुत झनै निर्मुलनै भएको बताउ छन । आज भोली प्राय वजारका विभिन्न खानेकुराहरु खादा मानिसमा ग्याष्ट्रिक,पेट दुख्ने,खानमन पटक्कै नलाग्ने जस्ता समस्या प्राय सबैमा रहेको देख्न सकिन्छ ।

यस्ता समस्याका लागि पटक पटक निजी, अस्पतालमा धाउदा धेरै रकम खर्चिनुपर्ने तर, तर बेथा–पीडा भने निको हुनुको साटो झनै नयाँ रोगको सामाना गर्नुपरेको छ । आजभोली प्राय पेट दुख्ने, ग्याष्ट्रिक, खाना मन नलाग्ने, गानो–गोलाजस्ता समस्या लिएर बिरामी अस्पतालमा जाने गरेको पाइएको छ । त्यसैले पनि यस्ता समस्याबाट छुटकारा पाउन पहिलो त खानेकुरामा ध्यान दिन जरुरी छ भने दोस्रो कुरा रानो तिनो समस्यालाई पनि अस्पतालको औषधि सेवन गर्ने वानी हटाउन जरुरी छ ।

त्यस्तै शरिरलाई धेरै आरम दिनु पनि हुदैन कुनै काम छैन भने पनि घरमा विभिन्न कामहरु ह्ुन्छन आफुलाई व्यस्त गराउन जरुरी रहेको चिकित्सकहरु बताउछन । यस्तै मुलुकको विभिन्न स्थानमा निजि तथा सरकारी आर्युवेखिक अस्पतालहरु जहाँ आयुर्वेदिक औषधि उत्पादन गरिरहेका छन । यस् मध्य अस्पताल मध्य रामपुर औषाधालयमा दैनिक २५ देखि ३५ सम्म बिरामीले सेवा लिँदै आइरहेको वरिष्ठ कविराज चेमनप्रकाश पोखरेलले बताउछन ।

उनका अनुसार एक महीनामा ३५० को हाराहारीमा बिरामीले सेवा लिएका छन् । नेपाल सरकारको विभागबाट सिफारिस गरिएका ९५ प्रकारका औषधिमध्ये यस औषधालयबाट २३ प्रकारका औषधि पाइन्छ । सेवा लिन आउनेमध्ये अधिकांश बिरामी पेटसम्बन्धी समस्या लिएर आउने गरेका उनले बताए । यस औषधालयमा सेवा लिनेमध्ये बढी महिला छन् । विभिन्न जडीबुटीबाट उत्पादित औषधि भएकाले पनि हिजोआज आयुर्वे्दिक औषधि प्रयोगकर्ता बढ्दै गएका हुन् ।

यस्तै पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख माधवप्रसाद बस्यालले तानसेनमा रहेको कार्यालय र विभिन्न क्लिनिकबाट जिल्लभरमा चालू आर्थिक वर्षमा ३३ हजार ६२३ ले आयुर्वे्दिक सेवा लिएको जानकारी दिएका छन । प्राय पाखनबेद, तुलसी, बेल, यार्सागुम्बा, टिमुर, ज्वानो, लसुन, हर्रोबर्रो, अमला, सिलाजितलगायतका विभिन्न वनस्पति वस्तु मिसाएर बनाइएको औषधि स्वास्थ्यका लागि हित हुने चिकित्सकको भनाई छ ।