समाचार

मोटरसाईकल दुर्घटनामा एकको मृत्युः एक घाईते

चितवन । मोटरसाईकल दुर्घटनामा परि मुग्लिन सडक खण्डमा एकजनाको ज्यान गएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा मोटरसाइकल र ट्रक एकापसमा ठक्कर खाँदा एकको मृत्यु भएको हो भने एक जना घाइते भएको प्रहरले बताएको छ ।

मृत्यु हुनेमा हुनेमा मोरङ हरैचाका ३५ वर्षीय राजेन्द्र चौधरी रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । यसैगरि दुर्घटनाा परि सिन्धुली वुलन्जुका ३५ वर्षीय मुरारीप्रसाद बराल घाईते भएका छन । घाइते बरालको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बरालको अवस्था गम्भीर रहेको छ । मोटरसाइकललाई ठक्कर दिने ट्रक र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख २६५९ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको बा ८० प ८६५७ नम्बरको मोटरसाइकल भरतपुर महानगरपालिका–२९ खहरे पुलमा गएराति एकापसमा ठक्कर खाएको हो । ठक्कर खाँदा मोटरसाइकल चालक चौधरीको घटनास्थलमानै मृत्यु भएको हो ।