प्रदेश 1

ईटहरीमा काँग्रेसका पौडेलको प्यानलै विजयी, दुईतिहाई कम्युनिष्ट समर्थक बिष्ट समूह निरास !

इटहरी । प्रदेश नम्बर १ को महत्वपूर्ण व्यापारिक क्षेत्र पर्ने उद्योग बाणिज्य संघ इटहरीको चुनावको रौनक र सारगर्मीको अन्त्य भएको छ । असार १४ गते अपरान्ह सम्पन्न भएको निर्बाचनमा नेकपाबाट अध्यक्षका उम्मेदवार शैलेस विष्टलाई काँग्रेसको समुहबाट भिम पौडेलले अध्यक्षमा प्यानलसहित हराएका छन्, अन्तिम मतपरिणाम भने घोषणा भएको छैन । विजयी भीम पौडेलले २९०४ मत प्राप्त गरेका छन् भने पराजित भएका शैलेस बिष्टले १७७८ प्राप्त गरेका छन् । अध्यक्षमा ११२६ को अन्तरले पौडेलले बिष्टलाई हराएका छन् । मतान्तर निकैनै बढी देखिएको छ । यषे मत हेर्दा नेकपातर्फ व्यावशायीको बितृष्णा छताछुल्ल भएको देखिन्छ ।

इटहरी प्रदेश नम्बर १ को ब्यापारिक केन्द्र र प्रदेश नम्बर १ को राजधानीको समेत हल्लाले चर्चामा अँईरहने उपमहानगर समेत भएकोले देश ब्यापी रुपमा चर्चा भइरहने गर्दछ । अध्यक्षका लागि चुनाव उठेका भिम पौडेल र शैलेस विष्ट इटहरीका दुबै ब्राण्डेड ब्यापारी हुन् तर यस भन्दा अघि एमालेले आफे्नो पोल्टामा पार्न सफल भएको ईटहरीको उद्योग बाणिज्य संघको नेतृत्व मेयर द्वारीकलाल चौधरीको राष्ट्रिय स्तरको बिबाद र नेकपाको आन्तरिक कलहका कारण काँग्रेस निकट भीम पौडेल समूहले फाईदा उठाउदै प्यानलै विजय हुन सफल भएको छ ।

निर्बाचन हुनु महिनादिन अगावै काँग्रेस प्यानलले भीम पौडेललाई अध्यक्षमा सर्बसम्मती उमेर्द्वार बनाउनु र नेकपामा आन्तरिक कलह छताछुल्ल हुनु पौडेलको र उनको पयानलको विजयकोम मुख्य कारण भएके स्थानीय उद्योगी व्यावशायीले दाबी गरेका छन् ।

सभापति राजीव कोईरालासहित सुनसरी काँग्रेस, अध्यक्ष सिजन गुरुङ सहित तरुण दल जिल्ला समिति, नेबिसंघ सुनसरी, किसान संघ सुनसरी, डिएलए सुनसरी, विजया कटवालसहित सुनसरी महिला संघ, सुनसरी मुस्लिम संघ, सुनसरी शिक्षक संघ, प्रेश यूनियन सुनसरी, टे«ड यूनियन सुनसरी लगायत काँग्रेसका भातृसंस्था र शुभेच्छुकहरुले अहोरात्र खटेर इटहरीमा काँग्रेसको टिमलाई बलियो बनाएका छन् । ईटहरी उपमहानगरमा मेयर, उपमेयर नेकपाको भएपनि काँग्रेसले प्यानलै विजयी हुनु नेकपा सरकारप्रति व्यावशायी लगायत जनताको आक्रोस बढेको नजिरका रुपमा लिनुपर्ने स्थानीय बामपन्थीको ठम्याई छ ।

भीम पौडेल ईटहरीका लोकप्रीय उमेर्द्वार भएपनि शैलेश बिष्ट अलोकप्रीय थिएनन् तर केन्द्रीय राजनीति र उपमहानगरपालीकाको गतिबिधि अनि स्थानीय गुटबनदीले नेकपा उमेर्द्वारले हार ब्यहोर्यो र पौडेलले आफूमात्र विजयी भएनन् टिम नै विजयी गराए । ईटहरीमा कम्युष्टि राम्रो प्रभाब भएपनि नतिजा उल्टो आएपछि नेकपा प्रदेश नम्बर १ र केन्द्र समेत निरास भएको छ । काँग्रेस उपसभापति बिजय कुमार गच्छदार, केन्द्रीय सदस्य तथा पूर्बअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, नेता सिताराम मेहता, केन्द्रीय सदस्य मीन बिश्वकर्मा, मीना सुब्बाको गृहजिल्ला समेत पर्ने सुनसरीको हरेक निर्बाचनले केनद्य्रीय राजनीतिमा राम्रो प्रभाब पार्नु स्वभाबिक नै हो । भर्खरै सम्पन्न काँग्रेस जागरण अभियानमा भने केन्द्रीय सदस्य महेस आचार्य प्रतिनिधिका रुपमा सुनसरीमा खटेका थिए ।