अन्तर्राष्ट्रिय

आन्दोलनकारीद्वारा प्रदर्शनलाई राष्ट्रपति कार्यालयसम्म लान आह्वान

सुडान । सुडानमा आन्दोलनरत प्रमुख समूहले विरोध प्रदर्शनलाई राष्ट्रपतिको कार्यालयसम्म पु¥याउन आइतबार आह्वान गरेको छ । राजधानीमा व्यापक सुरक्षाकर्मीको तैनाथ भएपनि आन्दोलनकारीले सुरक्षा घेरालाई तोडी राष्ट्रपतिको कार्यालय अगाडी पु¥याउन आह्वान गरेको हो ।

सुडानका पूर्व राष्ट्रपति ओमार अल बसिरलाई सत्ताच्युत गरी सैनिक जनरलद्वारा सत्ता लिएपछि सत्ताको चावी जनताको प्रतिनिधिलाई हस्तान्तरण गर्न भनी हजारौँ जनताले गत अप्रिलदेखि आन्दोलन गरिरहेका छन् ।

हामी सबै क्रान्तिकारी जनतालाई गणतान्त्रिक दरबारसम्म पुग्न र न्यायको आवाज बुलन्द पार्न आग्रह गर्दर्छौँ । देशमा परिवर्तन ल्याउनका लागि शाहदत प्राप्त गरेका सुडानी जनताको सपना पूरा गर्न, आन्दोलनका घाइतेजनलाई न्याय दिलाउन सत्तालाई नागरिकको हातमा सुम्पिन दवाब सिर्जना गर्दै जनप्रदर्शनलाई शसक्त पार्दै अघि बढ्न आन्दोलनकारीले आह्वान गरेका छन् ।

नागरिकको हातमा सत्ता नआएसम्म शहीदको रगतले न्याय नपाउने र देशको समृद्धिका सम्भव नभएको उनीहरूको जिकिर छ ।