खेलकुद

स्पेनद्धारा पाँचौ युरोपियन अण्डर –२१ फुटबलको उपाधि आफ्नो हातमा

एजेन्सी । स्पेनले पाँचौ संस्करणको युरोपियन अण्डर–२१ फुटबल च्याम्पियनसिपको उपाधि उचालेको छ । आईतबार राति भएको खेलमा जर्मनीलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पेनले उमेर समुहको प्रतियोगिताको उपाधि उचालेको हो ।

खेलको सातौ मिनेटमा स्पेनले खेलमा अग्रता लिएको थियो । फरवार्ड मिकेल ओयारजबलको पासलाई सदुपयोग गर्दै स्पेनका फेबियन रुइजले टिमलाई अग्रता दिलाएका थिए । ६८ औ मिनेटमा अलेक्जेन्डर नुबेलको चलाखीपुर्ण पासलाई दानी ओलमोले पोस्टको दिशा दिदै स्पेनको अग्रता दोब्बर पारेका थिए ।

८८ मिनेटमा जर्मनीका अमिरिले गोल गरेपनि टिमले हार टार्न सकेनन् । स्पेनले सन् २०१७ को फाईनलमा जर्मनीसंग ब्यहोरेको हारको बदला समेत लिएको छ ।