बाग्मती

हिले दौडमा बाँडियो ५०, ३० र रु २० हजार पुरस्कार

धादिङ । राष्ट्रिय धान दिवसको अवसरमा विर्ताबेँसीमा खुल्ला हिलेदौड प्रतियोगिता आज सम्पन्न भएको छ ।

राष्ट्रिय खेलको संरक्षण गरी हिलो र माटोसँग किसानको सम्बन्ध स्थापित गर्न आयोजित प्रतियोगितामा हिलोतर्फ नलाङका सोनी गुरुङ प्रथम, धुनीबँेसीका रसिला तामाङ द्वितीय र ललितपुरका निरजला ताम्राकार तृतीय भएका छन् ।

यसैगरी पुरुषतर्फ सङ्खुवासभाका विकास राई प्रथम, कैलालीका किरण मल्ल द्वितीय र नेपालगञ्गका खिमबहादुर खत्री तृतीय भए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश रु ५० हजार, रु ३० हजार र रु २० हजारसहित सिल्ड र कप प्रदान गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले तीन सय मिटर हिलो खेतमा दौड प्रतियोगितामा भाग लिनेलाई पुरस्कार वितरण गरे । प्रतियोगितामा हिलोतर्फ २३ जना महिला र ८२ जना पुरुषले सहभागिता जनाएका थिए । जसमा एक जना विदेशी नागरिकसमेत रहेका थिए । राष्ट्रिय लोक खेल संरक्षण तथा अनुसन्धान सङ्घका अध्यक्ष किरण श्रेष्ठको अध्यक्षतामा सम्पन्न समारोहमा पञ्जबाजासहित दही चिउरा खुवाएर कार्यक्रम सम्पन्न गरिएको थियो ।