पु.समाचार

ढुक्क हुनुस्, हेटौँडा नै स्थायी राजधानी हुन्छः मुख्यमन्त्री पौडेल

हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नं ३ को राजधानी हेटौँडामा रहने बताएका छन् । पत्रकारसँग आज राजधानीको विषयमा संक्षिप्त कुराकानी गर्दै उनले प्रदेशको राजधानी हेटौँडामा राख्नका लागि आफू प्रयासरत बताए ।

मुख्यमन्त्री पौडेलले राजधानी कायम गर्न विभिन्न संवैधानिक एवम् कानूनी प्रक्रिया अघि बढाइएको उल्लेख गर्दै स्थायी राजधानीको चाँदै टुङ्गो लाग्ने बताए ।

प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशका १३ जिल्लामध्ये हेटौँडा स्थायी राजधानीका लागि उपयुक्त स्थान हेटौँडा रहेको बताए । उनले सबै प्रक्रिया मिलाई राजधानीको टुङ्गो लगाउनुपर्ने भने ।

बुद्धिजीवी एवम् समाजसेवी हरिप्रसाद रिजालले हेटौँडा राजधानीका लागि अत्यन्त उत्तम रहेको बताए । उनले स्थायी राजधानी कायम गर्ने विषयमा ढिलो गर्न नहुने विचारसमेत व्यक्त गरे । हेटौँडाको उद्योगीहरुले पनि हेटौँडा नै राजधानी रहनुपर्ने बताए ।