आर्थिक

सन्राइज बैंकको गोदावरीमा शाखा विस्तार

काठमाण्डौ । सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालनगर्दै आइरहेको छ । यसै क्रममा गोदावरी स्थित अत्तरियामा ११० औँ शाखा संचालनमा ल्याएको छ । आइतबार, आषाढ १५ गते आयोजित औपचारिक कार्यक्रमा गोदावरीे नगरपालिकाको मेयर हरि सिंह सावदर नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले संयुक्त रुपमा उद्घाटन गरे।

सोहीदिन बैंकले आफ्नो पनौती शाखापनि स्थानान्तरण गरेको छ । उक्त शाखाको उद्घाटनपनौतीका मेयर भिम न्यौपानेले गरे । उक्त कार्यक्रममा संचालक समितिका सदस्य ओम कृष्ण जोशी र ई. बच्छराज तातेड उपस्थीत थिए ।

बैंकले गतशनिवार आषाढ १४ गते डडेलधुरा, वडा नं ३, गन्यापधुरामा ३६ औ शाखा रहित बैंकिङ्गको उद्घाटन गरेको छ । सो शाखा रहित बैंकिङ्ग सेवा, वडा नं ३ का वडा अध्यक्ष चक्र बहादुर देउवाले उद्घाटन गरेका थिए ।

हालसम्म बैंकको शाखा संख्या ११० वटा पुगेको छ । साथै बैंकले नेपालअधिराज्य भर ३६वटा शाखारहित बैंकिङ्गसेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १२३ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवाप्रदानगर्दै आइरहेको छ ।¬साथै बैंकले आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरmमा पनि थप शाखाहरm संचालनगर्दै जाने योजना रहेको छ।