समाचार

सर्लाहीमा प्रहरीको गोली लागेर २७ वर्षीया केवल महतो मृत्यु

काठमाडौँ । प्रहरीको गोली लागेर सर्लाही ईश्वरपुर नगरपालिका १३ का २७ वर्षीया केवल महतो मृत्यु भएको छ ।

बालक मृत्यु प्रकरणलाई लिएर आक्रोशित स्थानीयको भीड नियन्त्रणका क्रममा आक्रमण भएपछि प्रहरीले चलाएको गोली लागेर महतोको मृत्यु हो ।  शनिबार पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बालक अमित रायको मृत्यु भएको घटनालाई लिएर अन्दोलन गरेका थिए ।

सर्लाही र महोत्तरीको सीमाना बाँकेमा भएको लगातारको दोहोरो झडपका क्रममा गोली लागेर महतोको मृत्यु भएको प्रहरी नायब महानिरीक्षक प्रद्युम्न कार्कीले बताएका छन् । यसक्रममा डेढ दर्जन प्रहरी घाइते भएको कार्कीले बताए।