तस्विरहरु

डा भट्टराईको असार १५ मा हलो जोताई र धान रोपाईँ आफ्नो गृहनगर गोर्खामा! (फोटोफिचर)

काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई रोपाई गर्न आफ्नो मातृभुमि गोरखा पुगेका छन् । उनले आफ्नो जन्मथलोमा रोपाई कार्यक्रममा सहभागी त्यहाका स्थानियसँग रमाइलो गर्दै असार १५ मनाएका छन् ।

उनले खेत साउने, बाउसे गर्ने र रोप्ने काम गरेका फोटाहरु ट्विट गर्दै भनेका छन्,‘कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिउँस स्वदेशमै रोजगार सिर्जना गरौं१ कृषिमा आत्मनिर्भर बनौं ।’ पालुङटार नगरपालिका १ र सफल मल्टिपर्पोज कृषि फार्मको आयोजनामा सहभागि भई रमाइलोका साथ राष्ट्रिय धान दिवस मनाएको उनले ट्विटरमा उल्लेख गरेका छन् ।