मनोरञ्जन

नारायण थापाको हेर्दै रुवाउँने आजकालका मुना मदन (भिडियो सहित)

काठमाडौं । गायक नारायण थापाको स्वरमा रहेको यथार्थ परक ‘आजकालका मुना मदन’ बोलको गीतको भिडियोले चर्चा कमाई रहेको छ । बेरोजगारीको समस्याले परदेशीनु पर्ने नेपाली युवाको बाध्यता अनि त्यही बाध्यताको कारण अभिभावकले भोग्ने पीडाको साथमा श्रीमतीहरु अर्काको अंगालोमा पुग्ने गरेका वास्तविकता समेटिएको उक्त गीतको मार्मिक भिडियोले दर्शकको ध्यान तान्न सफल भएको हो ।

पाका गीतकार कालि प्रसाद रिजालले लेखेको गीतमा शिखर सन्तोषले संगीत गरेका छन् भने फणिन्द्र राईले एरेञ्ज गरेको ट्रयाकमा नारायण थापाले स्वर दिएका छन् । आभुषण ईन्टरटेनमेन्टले अडियो भिडियो व्यवस्थापन गरेको यस भिडियोमा सागर लम्साल, बेनिशा हमाल, सुरविर पण्डित, लोमस पौडेल, मनोज ओली, पवित्रा घले गुरुङ, सुस्मिता अधिकारी, सुस्मिता बुढाथोकी र लोक मिश्रको अभिनय देख्न सकिन्छ । उत्सव दाहालको छायाँकनमा युवराज वाईबाले निर्देशन गरेको भिडियोको सम्पादन विकाश दाहालले गरेका छन् ।