अन्तर्राष्ट्रिय

दुई कोरियाबीचको सीमा क्षेत्रमा ट्रम्प र किमबीच ऐतिहासिक भेटवार्ता

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबिच दक्षिण कोरिया र उत्तर कोरियाबीचको सीमा क्षेत्रमा भेट भएको छ । दक्षिण कोरियाको भ्रमणमा गएका अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता उनविच सिमा क्षेत्रमा भएको यो पहिलो भेटवार्ता हो ।

तर पछिल्लो समय अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता उनबिचको सम्बन्ध प्रगाठ हुदै गएको छ । आइतबार दिउँसो दक्षिण कोरियाली समकक्षी मुन जाइ इनसँगै राष्ट्रपति ट्रम्प उत्तर र दक्षिण कोरियाको सैनिकरहित क्षेत्रमा पुगेका थिए। तर उनीहरु दुई नेताबिच आइतबार विहानसम्म भेट हुने कुनै निधो थिएन् ।

ट्रम्पलाई भेट्न किम प्योङयाङदेखि आएका थिए। दुबै नेताले सैनिकरहित क्षेत्रमा हात मिलाएका थिए। त्यसपछि ट्रम्प र किम उत्तर कोरियाको सीमाभित्र गएका थिए। भेटपछि दुबै नेता संयुक्त पत्रकार सम्मेलनमा उपस्थित भएका थिए। पत्रकार सम्मेलनमा ट्रम्पले आजको भेट ऐतिहासिक क्षण भएको बताएका छन् ।

ट्रम्प उत्तर कोरियाको सीमाभित्र जाने पहिलो अमेरिकी राष्ट्रपति भएका छन्। यसअघि पदमा रहँदा कुनै पनि राष्ट्रपति उत्तर कोरियाको सीमाभित्र पुगेका थिएनन्। एजेन्सी