राजनीति

मुलुक कम्युनिष्टले कब्जा गरिसकेको ख्याल राख्न काँग्रेस नेतृत्वलाई नेता सिंहको आग्रह

काठमाण्डौ । नेपाली कांग्रेस बुटवल उप–महानगर समितिले आज रुपन्देही जिल्ला पार्टी अफिसमा आयोजना गरेको लौह पुरुष गणेशमान सिंहको अर्धकदको सालिक अनावरण कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका प्रभावसाली नेता प्रकाशमान सिंहले नेपाली राजनीतिमा त्याक र निस्ठाको सम्मान हुन छाडेको बताएका छन् ।

देश र जनताको हित नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो भनेर राजनीति गर्ने गणेशमान सिँहहरु जस्ता राज नेताहरुको जिवनीलाई पन्छाएर पद नै सबै भन्दा ठुलोकुरा भनेर आफु र आफ्ना लागि पद लिन जेसुकै गर्ने प्रचलन हाबी हुनुनै आज मुलुकको दुर्दशा भएको बताएका छन्।

अहिलेको सरकार बहुमतको भएपनि सबैभन्दा डरपोकको सरकार भएको बताउँदै आफु सक्तीसालि बन्ने धुनमा सबै भन्दा कमजोर प्रधानमन्त्री भएको दाबी गरेका छन् । आजभोलि प्रधानमन्त्रीका गुनासा र रोधनले काम गर्न नसकेको प्रष्ट हुने बताएका छन् । चमत्कार गरेर देखाउन सक्ने हैसियत भयर पनि यतिको असफल हुनु दुःखत कुरा रहेको नेता सिंहको विश्लेशण छ । प्रहरीले शान्तिपुर्ण बिरोध प्रदर्शन गर्दा गरेका धरपकडको पनि कडा आलोचना गरेका छन् । शान्ति सुरक्षा कायम गराउन समेत नसकेकाले सरकार आफ्नै गतिविधिका कारण अस्थिर बनेको धारणा राखेका छन् ।

कांग्रेस आजको अवस्थामा पुग्नुको मुख्य कारण पार्टी बिधानको कारण रहेको बतादाबी गर्दै पार्टीमा काम नगर्नेहरुलाई बिधान अनुसारको काम गर भनेर भन्दा प्रकाशमानले बिरोध गर्यो भनेर भन्नेहरु कै कारण पार्टी ममजोर बनेको बताएका छन् । मुलुकका सामु आएका चुनौति सामना गर्न पार्टी अब तदर्थवादमा चलिरहदा सम्भव नहुने भएकाले पार्टी शसक्त र मज्बुत पार्टी संगठन निर्माणमा जुट्नु पर्ने बिचार ब्यक्त गरेका छन् । काँग्रेस पार्टी कब्जा गर्नेहरुलार्इ मुलुक कम्युनिष्टहरुले कब्जा गरिसकेको कुरा ख्याल राख्न समेत आग्रह गरेका छन् । पाटि तदर्थवादबाट संचालन गर्ने कुरा भागबण्डा लगाउने कुरा आफुहरुलाई मान्य नहुने समेत बताएका छन् । अब राजनीतिक सहमति भन्दा पनि पार्टी बिधान र नियमावलीको परिधिभित्र बसेर गर्नु पर्नेमा जोड दिएका छन् ।

कार्यक्रम बोल्दै कांग्रेस नेता बालकृष्ण खाणले सरकारको कडा आलोचना गरेका छन् । सरकारका अलोकतान्त्रिक गतिबिधिको बिरुद अब देशभर शान्तिपुर्ण आन्दोलन शुरु गर्ने समेत बताएका छन् । सत्ताको बलमा नागरिक अधिकार एकपछि अर्को कमजोर बनाउने काममा लागेकाले यो सरकारका बिरुद्धमा आन्दोलनमा जुट्न समेत अपिल गरेका छन् । कार्यक्रममा रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाक, काठमाडौ जिल्ला सभापति सबुझ बानियाँले आफ्नो धारणा राखेकाथिए । कार्यक्रम बुटवल उपमहानगर समितिका सभापति खिलराज पाण्डेको सभापतित्वमा रुपन्देही नेपाली कांग्रेस पार्टी कार्यलयमा आयोजना गरिएको थियो ।