स्वास्थ्य

फार्मेसी सेवाबाट बिरामीलाई सुविधा

नवलपरासी । पश्चिम नवलपरासीको जिल्ला पृथ्वी चन्द्र अस्पतालले आफ्नै फार्मेसी सेवा सञ्चालनमा ल्याएपछि बिरामीहरुलाई सहज हुँदै आएको छ ।  स्थापना भएको करिब ८० बर्ष पछि बल्ल आफ्नै फार्मेसी सेवा सञ्चालनमा आएपछि अहिले बिरामीहरुलाई निकै सुविधा भएको हो ।

अस्पताल परिसर भित्र बाहिरका मेडिकलहरु भन्दा सहुलियत मूल्यमा फार्मेसी सेवा उपलब्ध गराउँदै आएपछि बिरामीहरुलाई राहत मिलेको छ । रकम कमाउने उदेश्य भन्दा पनि बिरामीलाई प्रभावकारी सेवा प्रदान गर्ने उदेश्यले फार्मेसी सेवा समेत उपलब्ध गराएपछि सेवाग्राहीलाई थप सहज हुँदै

आएको अस्पताल विकास समितिका अध्यक्ष एवंम् जिल्ला समन्वय समितिका प्रमुख शिब शंकरप्रसाद रायले बताए। सरकारले नियमअनुसार उपलब्ध गराउने निशुल्क औषधिहरुको अभिलेख खडा गरी निःशुल्क उपलब्ध गराइएको छ ।  ५० शैयाको क्षमता रहेको यस अस्पतालमा दिनहुँ करीब १ सय देखि १ सय ५० जना विरामीहरु आउने गरेका छन् ।