आर्थिक

कामना सेवा विकास बैंकको बाह्रौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । कामना सेवा विकास बैंकको बाह्रौ वार्षिक साधारण सभा शनिबारका दिन अमृत भोगमा सम्पन्न भएको छ । उक्त साधारण सभाले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजी २,५०,२६,५५,५१९.२३ को ८ प्रतिशतका दरले हुन आउने रकम २०,०२,१२,४४१.५४ नगद लाभाँश र १.५ प्रतिशतले हुने रकम ३,७५,३९,८३२.७९ बराबरको बोनस शेयर वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्यले उक्त साधारण सभामा बैंकको आर्थिक वर्ष २०७४/०७५ को वासलात, नाफा/नोक्सान हिसाब, नगदप्रवाह विवरण र सो सँंग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिक तथा बैकिङ्ग क्षेत्रको अवस्था तथा चालु आर्थिक वर्ष २०७५/०७६ को चैत्र मसान्तसम्मको कार्य सम्पादनको संक्षिप्त विवरणर भावी कार्य योजना समेत प्रस्तुत गरेका थिए ।

त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिल हुनेगरी कार्यक्रम संचालन गरेको तथा यस बैंकको भावी रणनीति प्रस्तुत गर्दे यस बैंकलाई अत्याधिक प्रतिस्पर्धात्मक वजारमा एक अब्बल विकास बैंंकको रुपमा स्थापति गराउने कार्ययोजना सहित अगाडि बढेको बताए ।

बैंक सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्यको अध्यक्षतामा बसेको साधारण सभामा बैंकका सञ्चालक चतुराखर अधिकारीले शेयरधनी लगायत उपस्थित सबैलाई मन्तव्य मार्फत स्वागत गरेका थिए । सञ्चालक भिम प्रसाद तुलाचनले धन्यवाद ज्ञापन गरेका थिए । शेयरधनीले उठाएकोे विभिन्न जिज्ञासाहरुको जवाफ बैंक सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्य र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले दिएका थिए । कार्यक्रमको सञ्चालन कम्पनी सचिव श्री हरि प्रसाद लम्सालले गरेको थिए ।