कर्णाली प्रदेश

झिलिमिली हुने भयो जाजरकोटको दलित वस्ती

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिकाले ३०० दलित परिवारलाई निःशुल्क सौर्य उपकरण (सोलार) वितरण गरेको छ । उपालिकाको पहलमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पूर्ण अनुदानमा सौर्य उपकरण प्रदान गरेपछि दलित समुदायका घर झिलीमिली हुने भएका छन् । निःशुल्क सौर्य उपकरण पाएका दलित परिवार खुशी भएका छन् । वर्षौदेखि अँध्यारोमा रात बिताउँदै आएका उत स्थानका स्थानीय मा खुशी छाएको छ ।

राति घरायसी कामकाज गर्न र केटाकेटीलाई पढ्न सहयोग पुग्ने स्थानीको भनाई छ । त्यस्तै कुशे–५ खुर्पाकी रञ्जना बादीले निःशुल्क सोलार पाउँदा निकै खुसी लागेको बताएक िछन । बिजुली बत्ती नहुँदा अँध्यारोमा बस्न बाध्य विपन्न दलित परिवारलाई निःशुल्क सोलार प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । बत्ती नहुँदा टुकी, दियालो र मैनबत्तीको सहारामा पढ्न बाध्य दलित समुदायका बालबालिकालाई सोलारको उज्यालोले अध्ययनमा निकै फाइदा पुग्ने अध्यक्ष बस्तेको भनाइ छ ।

“गाँउपालिकामा ६६० दलित परिवार छन् । तीमध्ये अतिविपन्न ३०० परिवारलाई सोलार वितरण गरेका छौँ भने बाँकी परिवारलाई यसै वर्ष सोलारका लागि वैकल्पिक ऊर्जासँग आवश्यक पहल गर्छु ” भने । कल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले चालू आर्थिक वर्षमा कुशेमा ३०० र बारेकोटमा ३०० दलित परिवारका लागि निःशुल्क सौर्य उपकरण प्रदान गरेको हो । बीस वाटको सोलारको बजार मूल्य रु १० हजार ५०० पर्छ ।