साहित्य

‘शिखर यात्रा’ निबन्ध संग्रह लोकार्पण

काठमाण्डौ । साहित्यसुधा नेपालले नवीन कला केन्द्रको हल, कालिकास्थानमा शनिबार एक कार्यक्रम आयोजना गरेर कलानिधि दाहालको ‘शिखर यात्रा’ निबन्ध सङ्ग्रह लोकार्पण गर्यो ।

साहित्यसुधा नेपालकी अध्यक्ष कल्पना काफ्लेको सभापतित्व, डा.तुलसी भट्टराईको प्रमुख आतिथ्य, डा. गोविन्दराज भट्टराईको विशिष्ट आतिथ्य, डा.रामप्रसाद ज्ञवाली, डा. देवी नेपाल,डा।कुमार कोइराला , पोष्टराज चापागाई, गोपाल पराजुली, डा. गोविन्दमान सिँह कार्की, लेखक सङ्घका उपाध्यक्ष मोतीराम बम, हरिभक्त सिग्देल, माधव पौडेल लगायतका व्यक्तित्वको आतिथ्यमा गौरव गर्न लायकको कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा संस्थाका उपाध्यक्ष गणेश मार्मिक घिमिरेले स्वागत मन्तव्य राखेका थिए । प्राज्ञ डा. देवी नेपाल, कुमार कोइराला, पोष्टराज चापागाईं हरिभक्त सिग्देल र डा. गोविन्दराज भट्टराईले शुभकामना मन्तव्य राखेका थिए । कृतिगत अन्तर्गहिराइको चिरफार डा. रामप्रसाद ज्ञवालीले गरे भने अन्य सबैका सटिक टिप्पणीले कार्यक्रमको मर्यादा मर्यादित बनेको अनुभूति सबैले गरे । कार्यक्रम संचालन भैरवी भूगोलले गरेकी थिइन् ।