कृषि

सरकारलाई किसानको प्रश्न: कहिले सम्म आकाशे पानीको को आसा गरौं ?

बाँके । मुलुकभर आज असार १५ गते अर्थात धान दिवशको रौनक छाई रहँदा बाँके वासीलाई ‘कागलाई बेला पाक्यो हर्ष न विष्मात झै भएको छ । विशेसत आजको दिनलाई गाउँघरमा कृषहरुले शिषेस दिनका रुपमा दहि चिउरा खाँदै धान दिवस रोपाइँ गरेर मनाउने गर्दछन ।

तर, बाँकेमा आज यस पर्वमा कुनै रौनक या हर्षनै छैन रोपाईको आधा काम सक्नुपर्ने बेलामा अँझै कुनै सुरसारनै देखिएको छैन । “ब्याड राखेको भएपनि सिँचाइको व्यवस्था नभई आकाशे पानि कुर्नेपर्ने समस्या झोल्दै आएका स्थानीयले समयमै पानी नपर्दासम्म रोपाइँको सुरसार नै गरेका छैनन । असारको पहिलो साता परेको पानिको भरमा ब्याड राखेका किसानहरुलाई अब धान रोप्नलाइए फेरी अर्काे बर्षाको आसा गर्नुपर्ने छ ।

यति मात्रै नभएर अर्काे समस्या भर्खर धानको ब्याड राखेका किसानलाई छाडा पशुका कारण ब्याड जोगाउन गाह्रो परिरहेको छ । प्रतेक दिन बिहानै देखि साँझ सम्म खेतमा भेटिने हुलका हुल पशुचौपाया ब्याडमा चर्न थालेपछि टन्टलापुर घाममा किसान ब्याडको चौकीदारीमा खटिन बाध्य भएका हुन् ।

बाँके बासिलाई बिहान देखि साँझ सम्म घरको एक सदस्यको काम नै खेतमा गएको ब्याड कुर्नेुपर्ने रहेको छ । आफनो जमिनको लागि ठिक्क मात्रामा ब्याड राखेको हुनाले पनि पछि नपुग्ने हो कि भन्ने डरले पनि ब्याडको निगरानी गर्नेैपर्ने बाध्यता रहेको छ । पछिल्ला केहि वर्षयता बाँकेमा छाडा पशुको समस्या बढ्दै गएको छ । विभिन्न मेसीनहरुको विकाश संगै किसानहरुले पसुचौपाया लाई त्यसै छाडा छाडने गरेका छन । यति मात्रै नभएर छिमेकी मुलुक भारत पनि एउटा समस्या नै बनेको छ ।

भारतको उत्तरप्रदेश सरकारले गाई, गोरुको संरक्षण गर्दै गौबधमा रोक लगाएको छ । त्यसैले भारतसँग सीमा जोडिएका क्षेत्रमा भारतबाट गाईगोरुका बथान आउँदा यहाँ थामिनसक्नु अवस्था हुन्छ । खुल्ला सिमानाका का कारण पशुलाई प्रवेशमा रोक्ने कुनै उपाए नहुँदा अहिले सङ्ख्या बढ्दै गएपछि बाँके बासिलाई सास्ती भएको छ । छाडा पशुका गाउँमा किशानलाई मात्रै नभएर शहरमा पनि ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ । त्यसो त यस वर्षदेखि सिक्टा सिँचाइले नहरमा पानी छाड्ने भनिएको थियो, त्यो सम्भावना पनि निकै न्यून छ ।

बाँकेको मुख्यबाली धान भए पनि सिँचाइको पर्याप्त सुविधा नभएपछि अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्न बाध्य छन । नेपाल जलस्रोतको धनि देश भनिएपनि नेपालका जनताले जलको उचित उपयोग नै गर्ने पाईरहेका छैनन । यदि पाएका हुन्थे त आज बाँके जस्ता जिल्लामा फलेको धानले आधावढि मुलुकको आर्थिक संकटमा कमि आउने थियो होला । सरकरलाई प्रश्न छ एउटा किशानहरुले कहिले सम्म आकाशे पानिको आशा गर्ने ।

सरकारले पानिको अभाव हुने स्थानमा विभिन्न माध्यमबाट सिँचाईको व्यवस्थ गर्नुपर्ने अति आवस्यक छ । सरकारमा भएका नेताहरु द्येखि लिएर प्रधानमन्त्रीले जुनसुकै कुरालाई पनि भाषण्मा मात्र सितीत राख्ने हुनाले बाँके जस्तै कयांै जिल्लामा आज असार १५ सम्म पनि धान रोप्ने कामको कुनै सुरसार नै छैन । कारण आकाशे पानिको आसा । बाँकेमा मात्रै धान रोपाइँ हुने कूल ३६ हजार ५०० हेक्टर खेतीयोग्य जमिन रहेको छ । गत वर्ष पनि सोही क्षेत्रफल खेतमा धानखेती गरिएको थियो । अहिले पनि सबै क्षेत्रफलमा धानखेती हुने अनुमान रहेको बताईएको छ ।

गत वर्ष बाँकेमा चार मेट्रिकटन प्रतिहेक्टरका दरले एक लाख ४६ हजार मेट्रिकटन धान उत्पादन भएको थियो । यस्तै उन्नतजातका धानको बीउ रोप्दा धानमा रोग कम लाग्ने तथा वातावरण अनुकूल नभए पनि उत्पादनमा ह्रास नआउने कृषि ज्ञान केन्द्रले जनाएको छ । धानको ब्याड राख्ने समय भएसँगै कृषि अनुसन्धान परिषद् (नार्क)ले किसानलाई ब्याड राख्नु पहिले कृषि प्राविधिकसँग सम्पर्क गरेर बीउ उपचार गरेर धानको ब्याड राख्न आग्रह गरेको छ । नार्क खजुराका बाली वैज्ञानिक रामदास चौधरीले नयाँ जातको धानको बीउ छनोट गर्न सुझाव दिएका छन ।