समाचार

मोटरसाईकल चोरीको गिरोह नै प्रहरी नियन्त्रणमा

चितवन । विगत केहि समय देखि मुलुकका विभिन्न स्थानदेखि मोटरसाईकलसहित चोरीगरि विक्रिगर्ने चारजनाको गिरोहलाई प्रहरीले चोरीका २६ मोटरसाईकलसहित पक्राउ गरेको छ ।

बिगत केहि समय देखि उनिहरुले विभिन्न स्थान वाट मोटरसाईकल चोरी गर्दै सस्तो मुल्यमा विक्रि गर्दै आएको प्रहरीले जनाएको छ । उनिहरुलाई चितवन जिल्ला प्रहरीले शनिवार भरतपुर महानगरपालिका वडा नं २० शारदानगर रानीपोखरीस्थित रोहित मोटरसाइकल वर्कशपबाट पक्राउ गरेको हो ।

पक्राउपर्नेमा चितवनका रोहित श्रेष्ठ, बाराका कृष्ण शाह र महावीर चौधरी तथा भारतीय नागरिक राजा कुमार रहेका छन् । प्रहरीले वर्कशपबाट २६ वटा विभिन्न कम्पनीका मोटरसाइकल, इञ्जिन नभएका च्यासिस आठ थान, विभिन्न व्यक्तिका नाममा रहेका ५३ थान ब्लुबुकसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिएका छन ।

श्रेष्ठले चितवनका पुराना र नयाँ घुमुवा प्रहरीदेखि गुण्डा नाइकेसम्म सेटिङ मिलाएर मोटरसाइकलको अवैध कारोवार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।