राजनीति

काँग्रेसले नेकपा कहिले फुट्छ र सत्तामा बसुंला भन्ने कल्पना नगरे हुन्छः अध्यक्ष दहाल

काठमाण्डौ । नेकपाका अध्यक्ष पुष्पकमल दहालले मदन भण्डारीको हत्या भएको बताएका छन् । मदन भण्डारीको जन्मजयन्ती कार्यक्रममा बोल्दै जननेता मदन भण्डारीको उत्तराधिकारी आफू र केपी शर्मा ओलीमात्र भएको जिकिर गर्दै आफ्नै शक्तीशाली सरकार भएर पनि स्वर्गीय नेता भण्डारीको हत्यारा पत्ता लगाउन नसक्नु दुःखद भएको दाबी गरेका छन् ।

पुर्ब प्रधानमन्त्री समेत रहेका अधयक्ष दहालले कार्यक्रममा ड्राईभरलाई केही थाहा हुन सक्ने भन्दै उसलाई बचाउन नसकेका कारण भण्डारीको हतयाराको प्रमाण नै नष्ट भएको बताएका छन् । कार्यक्रममा बोल्दै बर्तमान केपी ओली नेतृत्वको सरकार पुरा ५ बर्ष टिक्ने दाबी गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेकपा फुट्छ र सरकार बनाउला भन्ने कलपना समेत नगर्न आग्रह समेत गरेका छन् ।

स्व भण्डारीको हत्यारा खतरनाक भएके बताउदै विदेशी वा स्वदेशी जो भएपनि प्रमाण नभएपछि बोल्न नमिल्ने बताउदै ४२ बर्षको उमेरमा नै हत्याको शिकार भोग्नुपरेका नेता भण्डारी बर्तमान सरकार असफल हुनु भनेको नेकपा असफल हुनु हो र नेकपा असफल हुनु भनेको देश नै असफल हुने हुंदा कुनैपनि हालतमा सरकार पुरा कार्यकाल टिक्ने दाबी गरेका छन् । मदन भण्डारी फाउण्डेशनको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै आफू ६५ बर्ष पुगेको जानकारी दिदै आफूहरु समेत कसैबाट मारिन सक्ने सम्भाबना रहेको संकेत समेत दिएका थिए ।

कार्यकर्ताले कुरा लगाएको बताउदै कार्यकर्ताले अरु नेताको कुरा लगाउने परम्परा बन्द गर्नुपर्ने विचार समेत व्यक्त गरेका छन् । कार्यक्रममा मदन भण्डारी विचार दिन र लागू गर्न ज्यादै दक्ष नेता भएको र उहाँको पथलाई आफूहरुले अंगाल्ने दाबी गरेका छन् ।