पु.समाचार

कालो प्लाष्टिकको झोलामा लुकाएर ल्याएको अवस्थामा पक्राउ गरेका हौँः कुमार थापा

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले खैरो हिरोइन (ब्राउन सुगर) सहित आज एकलाई पक्राउ गरेको छ ।

प्रभागको टोलीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा जाँचका क्रममा खैरो हिरोइनसहित सुर्खेतका २७ वर्षीय गोपाल परियारलाई आज बिहान पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना८ख १३४ नंको यात्रुवाहक बस जाँचका क्रममा ११.१५ ग्राम खैरो हिरोइन लागुऔषधसहित पक्राउ गरिएको जानकारी दिए ।
“कालो प्लाष्टिकको झोलामा लुकाएर ल्याएको अवस्थामा पक्राउ गरेका हौँ”, उनले भने । पक्राउ परेका परियारलाई लागुऔषध ऐन २०३३ अनुसार मुद्दा चलाउने तयारी भइरहेको वृत्तले जनाएको छ ।