बाग्मती

काठमाडौँ बारको मतदान सम्पन्न

काठमाडौँ । काठमाडौँ अदालत जिल्ला बार एकाइको नयाँ नेतृत्वका लागि मतदान सम्पन्न भएको छ । नयाँ नेतृत्वका लागि मतदान बिहान ८ बजेबाट शुरु भएको र ४ बजे मतदान सम्पन्न भएको काठमाडौँ बार निर्वाचन अधिकृत कमलराज अधिकारीले जानकारी दिए । नेपालकै सबैभन्दा धेरै दुई हजार ६०८ मतदाता रहेको सो बारमा एक हजार १९८ मतमात्र खसेको छ ।

निर्वाचन अधिकृत अधिकारीका अनुसार आजै साँझदेखि मतगणना शुरु हुनेछ । आजै रातिसम्म अन्तिम परिणाम सार्वजनिक हुनेछ । निर्वाचनमा लोकतान्त्रिक समूहबाट अध्यक्षमा जगदीश घिमिरे र प्रगतिशील समूहबाट कुमार आचार्यको समूहबीच प्रतिस्पर्धा भएको छ ।

सो बार एकाइमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष, महिला सदस्य (दुई) र खुल्ला सदस्य १२ गरी १९ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ ।