राजनीति

उपत्यकाका सडक सफा भईसकेका छन्, दशैंसम्ममा सरकारको आलोचना बन्द हुन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले अब दुई हप्ताभित्र पार्टी एकताका सबै काम सकिने बताएका छन् । जननेता मदन भण्डारीको ६८ औं जन्मजयन्तीका अवसरमा आयोजित बिचार गोष्ठीलाई सम्बोधनगर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले पार्टी एकता ठुलो काम भएकोले केही अलमल भएजस्तो लागेको बताए । “पार्टी एकता टुंगिएन भनेर अब निराशहुनु पर्दैन ” प्रधानमन्त्री ओलीले भने “असार भित्र सबै तहको एकता टुंगिन्छ र नयाँ आर्थिक बर्ष देखि सबैले नेता कार्यकर्ताले उत्साहपूर्वक कामगर्न थाल्नुहुनेछ ।”

प्रधानमन्त्री ओलीले दुई ठुला वामपन्थी दलको चुनावी तालमेल मार्फत राष्ट्रिय आत्मविश्वास जगाएको स्मरण गर्दै नेकपाले बहुमत ल्याएर देशलाई स्थिरता दिएको बताएका छन् ।

सरकारले धेरै राम्राकाम गरेको तर त्यसको प्रचार नभएको बताएका छन् । “यस बर्ष मात्र ४ सय वटा झोलुंगे पुल निर्माण भएका छन् । १ हजार किलोमिटर सडक कालोपत्रे गरिएको छ” प्रधानमन्त्री ओलीले भने “काठमाडौंका सडक सफा भएका छन् । दशैंसम्म पुग्दा सरकारको आलोचना बन्द हुन्छ ।”

प्रधानमन्त्री ओलीले मदन भण्डारी बहुआयामिक व्यक्तित्व भएको उल्लेख गथरेका छन् । मदन भण्डारीकै अगुवाइमा २०४६ सालमा नेपाली काँग्रेससँग मिलेर पञ्चायत विरुद्धको आन्दोलन सफल पारिएको प्रधानमन्त्री ओलीको भनाइ छ । “कम्यूनिष्ट काँग्रेसलाई आपसमा भिडाएर कमजोर पार्ने राणनीतिलाई मदन भण्डारी र गणेशमान सिंहको सुझबुझले तोड्यो” प्रधानमन्त्रीओलीले भन्नुभयो “कम्यूनिष्ट पार्टीको नेतृत्वमा मदन भण्डारी भएकै कारणले मात्रत्यो सम्भव भयो ।”अहिले नेपाल कम्यूनिष्ट पार्टी जहाँपुगेको छ, त्यसमा पुषपलाल र मदन भण्डारीको ठुलो योगदान रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले मदन भण्डारी राष्ट्रिय पुरस्कार –२०७६ प्रा.डा. सुबोध शर्मालाई प्रदानगर्नुभयो ।

प्रधानमन्त्रीको पुस्तक बिमोचन
कार्यक्रममा नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक दृष्टिकोण विमोचन गरेका छन् । प्रधानमन्त्री ओलीले विभिन्न कार्यक्रममा व्यक्त गरेको बिचारहरुको संग्रह दृष्टिकोण मदन भण्डारी फाउण्डेसनले प्रकाशन गरेको हो ।