राजनीति

ओली सरकारले विकास गर्न नसकेपछि जनताको आँखामा छारो हाल्दै ढाँट्नु हास्यास्पदः नेता सिँह

बुटबल । आज रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा गणेशमान सिँह स्मृति पुस्तकालयले आयोजना गरेको कार्यक्रममा बोल्दै कांग्रेस नेता प्रकाशमान सिंहले अरु दलले गर्न नसकेको काम कांग्रेसले गरेर देखाएको ईतिहास नबिर्सन सबैमा आग्रह गरेका छन्। प्रधानमन्त्री ओली आफु मुलुक समृद्ध बनाउछु भनेर भाषण गरेर नथाकिदिनाले अहिले आएर काम नभएपछि मलाई समयमा सहि जानकारी नै दिईन्न भनेर उम्किन खोजेको बताएका छन् ।

देस र जनताको आँखामा छारोहाले अफुले काम गर्न नसकेको कुरा ढाकछोप गर्न लाग्नु हास्यास्पद भएको बताउँदै मेलम्चीको पानीले सडक पखालिन्छ भनेर भाषणगर्ने तर मेलम्ची खानेपानी परियोजनाको कामका बारेमा थाहा छैन भनेर भन्नूले प्रधानमन्त्री कार्यालयको हालत कस्तो रहेछ भन्ने प्रष्ट हुने भन्दै सरकार पुर्ण रुपले असफल भैसकेको बताएका छन्।

काम गर्ने तर आफुले गरेका राम्रो कामको बान्डिङ गर्न नसकेको, जन्ता सामु पुर्याउन नसक्नु कांग्रेसको कमजोरी मुख्य कमजोरी रहेको बिचार ब्यक्त गर्दै भर्खरै कांग्रेसको हात समातेर आएका दलहरुले कांग्रेसलाई लोकतन्त्रको पाठ सिकाउनु हास्यास्पद रहेको बताउँदै एक पटक आफ्नो बिगत सम्झन आग्रह गरेका छन् ।

अहिलेको सरकारका हरेक गतिविधि अलोकतान्त्रीक हुँदै गएकाले एकपछि अर्को बिधेयक ल्याउदै गएको दाबी गरेका छन् । जनअधिकार कुन्ठित पार्ने गरि विधेयक आईरहनुले सरकारको नियतमाथी संका जन्माउने प्रशस्त ठाँउ रहेको बताएका छन् । सत्ता सर्बसताबादी बाटोतर्फ अघिबढिरहेकाले सजक रहन समेत नेता कार्यकतामा अपिल गरेका छन् । बर्तमान सरकार एकपछि अर्को भ्रष्टाचारका मुद्दाहरुमा रुमलिएकाले सुशासनको अपेक्षा गर्न नसकिने बताएका छन् । कांग्रेसले सरकारले गरेका हरेक अलोकतान्त्रिक गतिविधिको सदन देखि सडक सम्म खरोरुपमा उत्रिने समेत बताएका छन् ।

फरक प्रसंगमा बोल्दै मुलुकमा बढ्दै गएको साम्यबादी अतिवाद संग लड्न कांग्रेसको तदर्थवादको संगठनले नसक्ने भन्दै जब सम्म पार्टी संस्थागत रुपमा चल्दैन तब सम्म कांग्रेस बलियो बन्न नसक्ने बिचार ब्यक्त गरेका छन् । आफुले र्पाी बैचारिक र साँगठनिक रुपमा ससक्त बनाउनु पर्यो, तदर्थ बादले पार्टी संगठन कमजोर भयो, यसरी कम्युनिष्ट अतिवाद शीत लढ्न सकिँदैन भन्दा शेरबहादुरको बिरोध गर्यो भन्ने आरोप लगाउने गरेको स्मरण गर्दै आफु कोई कसैको बिरोध नभै पार्टी प्रभावकारि र बलियो बनाउन लागेको प्रस्ट पारेका छन् ।

पार्टी अहिले जसरि चलेकोछ यहि ठिक छ भने कार्कर्ताले पनि ठिक छ भन्नू पर्यो हैन र भनदै नेता सिंहले प्रतित प्रश्न गरेका छन् । साथै कार्यक्रममा पार्टी सुधारको जरुरि देखेका नेताकार्यकर्ताले सबै गुटबन्दीरहित भई एकठाँउमा उभिनुको विकल्प नरहेको दाबी गरेका छन् । आजै नेता सिँहले नेपाली कांग्रेस कपिलवस्तु जिल्लाले आयोजना मा गोरुसिङ्गेमा हुने नेता कार्यकर्ता भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ।