समाचार

बारको नयाँ नेतृत्वका लागि मतदान, काँग्रेस समर्थकले प्यानलै जित्ने !

काठमाण्डौ । काठमाडौँ अदालत जिल्ला बार एकाइको नयाँ नेतृत्वका लागि मतदान भइरहेको छ । नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेदेखि शुरु भएको मतदान ४ बजे सम्पन्न हुने काठमाडौँ बार निर्वाचन अधिकृत कमलराज अधिकारीले जानकारी दिए ।

निर्वाचनमा लोकतान्त्रिक समूहबाट अध्यक्षमा जगदिश घिमिरे र प्रगतिशील समूहबाट कुमार आचार्यको समूहबीच प्रतिस्पर्धा हुँदैछ । दुई हजार ६०८ मतदाता रहेको सो बार एकाइमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्ष, महिला सदस्य (दुई) तथा खुला सदस्य १२ जना गरी १९ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ ।

काठमाण्डौ बारमा यसभन्दा अघिमा कााग्रेस समर्थकले विजयी हाँशिल गरेको थियो । बार एशोशिएसन केन्द्रमा भने बामपन्थी समर्थकले विजय गरेको छ ।