समाचार

सरकारको हरियो वन नेपालको धन नारा प्रचारमुखी मात्र

काठमाडौं । वृृक्ष रोपण दिवशको अवसर पारेर सरकारले आज मुलुकभरिनै बिरुवा रोपेको छ । यसै अन्र्तगत ‘हरियो वन नेपालको धन’ भन्ने मुल नाराका साथ काठमाडौंबाट अभियानको सुरवात भएको छ । दिवसको अवसरका प्रधानमन्त्री केपि शर्मा ओलीले कलंकि कोटेश्वरको सडकखण्डमा फुलको विरवा रोपेर अभियानको सूरुवात गरेका छन् ।

प्रधानमन्त्री लगायत आज मुलुकका विभिन्न स्थानमा विशिष्ट व्यक्तिहरुद्वारा पनि वृक्ष रोपन अभियानको सुभारम्भ भएको छ । आगामि तिन वर्षमा ३ करोड विरुवा रोप्ने योजना बनाएको सरकारले हरेक वर्ष असार १४ गतेलाई वृक्षरोपण दिवसका रुपमा मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी ओलीले गत वर्ष ५ जुनदेखि नै एक नेपाली एक फलफूलका बिरुवा रोप्ने अभियान थाले देखि देशभर २३ लाख फलफूलको बिरुवा रोपिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुवरले बताए ।

प्रधानमन्त्रीको एक नेपाली एक फलफूलको बिरुवा रोपण अभियानलाई मूर्तरूप दिन वृक्षरोपण दिवसमार्फत पुनः फलफूलका बिरुवा रोप्ने कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गरिने निर्णय गरिएको उनले बताएका छन् । तर, सरकारले यता दिवश मनाई रहँदा प्रत्येक दिन बिभिन्न वाहनामा विकास निमार्ण कार्य होस या, बाटो घाटो निर्माण गर्ने सवालमा आवस्यक भन्दा वढि नै वन कटान भैरहेका छन् । तर पनि यस विषयमा सरकारले त्यति चासो नदिएको देखिन्छ । मान्छेको अस्तीत्व जोगाउनलाई नि वनको संरक्षण गर्न अति अपरिहार्य देखिएको छ । 

गएका केहि वर्ष भन्दा बन जोगाउनु पर्छ भन्ने बिचार सबैमा नउब्जीएकै होईन तर पनि उल्लेख्य मात्रामा यस्को कार्यान्वयन हुन नसकेको अवस्था छ । कुनै स्थानमा वाटो घाटो निर्माण गर्दा अझैपनि स्वैच्छिक रुपमा रुख काट्ने क्रम अझै रोकिन सकेको छैन । मान्छेको वानीमा व्यवहारमा जवसम्म परिवर्तन आउदैन तवसम्म दिवस मनाउनु को कुनै अर्थ छैन । जव सम्म सरकारले वन जोगाउनलाई अल्लि ठोस कदम चाल्दैन तब सम्म प्रतेक वर्ष मनाईने बृक्ष रोपण दिवशले कुनै प्रभावकारी भुमिका निर्वाह गर्ने देखिदैन । साथै सरकारले वृक्षरोपण कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई सरिक हुन निर्देशन दिएको थियो ।

यसैगरी प्रदेश तथा स्थानीय तह, समिति, संस्थान, विश्वविद्यालय, विद्यालय, वन उपभोक्ता समूह एवं गैरसरकारी निकायलाई समेत आ–आफ्नोे कार्यालय परिसरभित्र फलफूलका बिरुवा रोप्न सरकारले पत्राचार गरेको थियो । सरकारले लुम्बिनी क्षेत्रलगायतका पवित्र धार्मिक स्थल, सडक किनारा, नदी उकासका क्षेत्र, वन क्षेत्रमा समेत फलफूल तथा औषधिजन्य हर्बल बिरुवा रोप्ने निर्णयसमेत गरेको छ । सरकारले यता प्रतेक वर्ष बृक्षरोपण दिवश मनाईरहदा नेपालको वन विनाश भने प्रतेक दिन वढ्दो अवस्थामा छ ।

बृक्ष रोपण दिवश मनाउदै सहरका गल्लि–गल्लिमा रुख रोप्नमा मात्र सरकार सिमीत नभई मुलुकमा प्रतेक दिन भैरहेको रुख कटानलाई रोक्नमा पनि सरकारको ध्यान जावस । सरकारले रुख रोप्नलाई दिवश कुर्दै प्रचारवाजी गर्नुभन्दा पनि ‘हरियो वन नेपालको धन’ भन्ने नारा प्रचारवाजीमा मात्रै सिमीत नभई कार्यान्वयन होस ।