अन्तर्राष्ट्रिय

फ्रान्समा तापक्रमको मात्रा अहिले सम्मकै उच्चः ४५ डिग्री पुग्यो

पेरिस । युरोपिएन मुलुक फ्रान्समा पहिलो पटक ४५ डिग्री सेल्सियस (११३ डिग्री फरेनहाइट) तापक्रम मापन गरिएको मौसम विज्ञानसम्बन्धी कार्यालय मेटेओ–फ्रान्सले शुक्रबार जनाएको छ । जलवायु परिवर्तनसँगै विश्वभर देखिएको तापक्रम वृद्धिको समस्या देखिनेक्रम जारी रहिरहँदा फ्रान्समा पनि यसको प्रभाव देखिएको मौसम विज्ञान विज्ञहरूले बताएका छन् ।

उनीहरूले लामो समयसम्म बर्षा नहुनु र जलवायु परिवर्तनका कारण मौसममा देखिएको असन्तुलनका कारण तापक्रमवृद्धि भएको हो । मेटेओ–फ्रान्सका अनुसार चिसोको प्रयायका रूपमा विश्वले चिन्ने यूरोपेली मुलुक फ्रान्सको दक्षिणी गार्ड क्षेत्रको भिल्लेभिएल्ले गाउँमा शुक्रबार अहिलेसम्मकै उच्च तापक्रम मापन भएको हो ।

भिल्लेभिएल्ले क्षेत्रमा शुक्रबारको तापक्रम ४५.१ डिग्री सेल्सियस कायम भएको मेटेओ फ्रान्सले बताएको छ । यस पहिले सन् २००३ मा अत्यधिक तापक्रम वृद्धि भै ४४.१ डिग्री सेल्सियस मापन भएको थियो ।