अन्तर्राष्ट्रिय

लेबनानको अर्थतन्त्र सही दिशामा अघि बढ्नेमा विश्वबैंक आशावादी

लेबनान । सन् २०१९ को बजेटका कारण लेबनानको अर्थतन्त्र सही दिशामा अघि बढ्नेमा आशावादी बनेको शुक्रबार विश्व बैंकका वरिष्ठ अधिकारीले बताएका छन् । विश्व बैंकले बजेटले सही दिशा लिएको तर बजेटले देखाएको बाटोलाई कार्यान्वयनमा लान लेबनानले भरमग्दुर सुधारका प्रयासहरूलाई जारी राख्नुपर्ने अधिकारीले बताएका हुन् ।

विश्व बैंकका मध्यपूर्व तथा उत्तर अफ्रिकाका हेर्ने उपप्रमुख फेरिद बेलहाजले लेवनानी प्रधानमन्त्रीसितको भेटपछि साद हरिरिसँग “लेबनानले पछिल्लो समय सवल अर्थतन्त्रका लागि राज्यस्तरबाट गर्नुपर्ने कामहरूलाई जारी राखेको बताएका छन । “सन् २०१९ को बजेटमार्फत विद्युतका लागि लेवनानले ल्याएको नयाँ योजना प्रशंसनीय छ । हामी यसप्रति आशावादी छौँ तर सुधारका लागि यी कार्यक्रममा मात्रै सीमित हुनु हुँदैन । थप पहललाई जारी राख्नु पर्छ ।”

एनले आर्थिक सुधारका लागि निरन्तरको प्रयास आवश्यक हुने र आफुहरुले लेबनानलाई आवश्यक सुधारका लागि खासगरी विद्युत क्षेत्रमा सहयोग गर्न तयार रहेको बताए । उक्त अवसरमा बेलहाजले विश्व बैंकद्वारा सहायता गरेका लगानी योजनालाई लागू गर्न आग्रहसमेत गरेको थिए ।

एनले यी लगानीले लेवनानलाई सकारात्मक प्रतिफल दिने बताएका छन । लेबनानको संसदमा हाल देशको बजेट घाटालाई कुल ग्राहस्थ उत्पादनको ११.५ प्रतिशतबाट ७.६ प्रतिशतमा झार्ने बिषयमा बहस भइरहेको छ । घाटा बजेट कटौतिका लागि सरकारले ल्याएका प्रयासलाई संसदले अनुमोदन गर्नु र गत बर्षको सेडर सम्मेलनले वित्तीय तथा आर्थिक सुधारका लागि प्रोत्साहन गरेका कार्यक्रमलाई बजेटले सम्बोधन गर्ने प्रयास गरेको छ । अन्तराष्ट्रिय सेडर सम्मेलनले देशको सुधार गर्ने शर्तमा ११ अर्ब अमेरिकी डलर ऋण तथा चन्दाको घोषणा गरेको थियो ।